January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै प्रतियोगिता शनिबारदेखि हुने जानकारी गराएको हो । पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई चार समूहमा […]
January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेल मंगलबार खेल्दैछ । बलियो टोली पाकिस्तानविरुद्ध नेपालले गुजरानवालामा आफ्नो चुनौती प्रस्तुत गर्नेछ । नेपाल जिन्नाह स्टेडियमा मंगलबार बिहान ९ बजे घरेलु टोलीविरुद्ध उत्रिँदै छ । पाकिस्तान आफ्नो विजयी यात्रालाई निरन्तरता दिने प्रयासमा रहनेछ । तुलनात्मक रुपमा कमजोर नेपाललाई ऐतिहासिक जित निकाल्न सहज भने […]
January 8, 2018
केप टाउन (एजेन्सी) – भारत पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग ७२ रनले पराजित भएको छ । दोस्रो इनिङ्समा दुई सय ८ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमै अलआउट हुन पुग्यो । घरेलु टोली दक्षिण अफ्रिकाका बलर भर्नोन फिलान्डरले जादुयी बलिङ गरेपछि खेल भारतबाट गुमेको हो । उनले एक्लैले दोस्रो इनिङ्समा भारतका ६ विकेट हात […]
January 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी आज पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष […]
January 5, 2018
केप टाउन (एजेन्सी) – भारतविरुद्ध पहिलो टेस्टको पहिलो दिनमा टस जितेर पहिले ब्याटिंग रोजेको दक्षिण अफ्रिकाले २ सय ८६ रन बनाउँदै सबै विकेट गुमाएको छ । पहिलो इनिङ्सको तेस्रो बलमा ओपनर डीन एल्गरलाई गुमाएको घरेलु टोलीले १२ रनमा ३ विकेट गुमाएको थियो । डि भिलियर्स र फ्लाप डु प्लेसिसवीचको १ सय १४ रनको साझेदारीले खेलमा फर्किएको दक्षिण अफ्रिकाले दुवै […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण चैतमा हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करण निर्धारित मितिभन्दा दुई महिना पछि चैतमा गराउने निर्णय गरेको हो । यसअघि आयोजकले माघ ५ गतेबाट प्रतियोगिता गराउने निर्णय गरेको थियो […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – अर्को महिना देखी नामिबियामा हुने आईसिसि वर्ल्ड क्रिकेट लिग डिभिजन २ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणमा २१ खेलाडीको नाम सार्वजनिक भएको छ । डिभिजन २ फेब्रुअरी ६ बाट सुरु हुँदैछ । राष्ट्रिय टोलीका दुई खेलाडी सागर पुन र विनोद भण्डारी प्रारम्भिक चरणमा नै स्थान बनाउन सकेनन् । […]
January 4, 2018
काठमाडौँ (हाम्रोखेलकुद)- दृष्टिविहिन एक दिवसिय विश्वकप क्रिकेटमा भाग लिन लाहोरतर्फ बसमा हिडेको नेपाली टोलीलाई प्रतियोगिताबाट फर्कदा बसमा हैन हवाईजहाजमा फर्काउन पर्छ भन्ने मूल नारा सहित नेपाली क्रिकेट समर्थक समाज आर्थिक सहयोग जुटाउन लागि परेको छ। १५ दिनमा २ लाख उठाउने लक्ष्य सहित सुरु गरिएको अभियानमा हिजै मात्र दुइ लाखको हाराहारीमा सहयोगको प्रतिबद्दता आइसकेको समाजका अध्यक्ष भानु सिग्देलले जानकारी […]
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरबाट बसमा यात्रा गर्ने भएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसर जाने रेल अबरुद्ध भएसँगै केहि घन्टा नेपाली टोली अन्यौलमा परेको थियो । २२ […]
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् […]