August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडर बनेका छन् । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्कालाई मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ३ वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । सम्झौतापत्रमा सर्भिसेजका सिईओ सन्जिब शर्मा र कप्तान पारसले हस्ताक्षर गरे । ब्राण्ड […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)-एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले नेपाली राष्ट्रिय टोलीका सदस्य शक्ति गौचनद्धारा सञ्चालित स्टार क्रिकेट एकेडमीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा सर्भिसेजले गौचनको स्टार क्रिकेट एकेडमीलाई १ लाख ५० हजार नगद सहयोग गरेको हो । सर्भिसेजका सिईओ सन्जिब शर्माले शक्तिलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरे । सर्भिसेजले […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेडरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन् । नेडरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) लाई नयाँ प्रक्रियामा प्रवेश गराउने विषयमा स्वतन्त्र समिति सकारात्मक रहेको बैठकमा सहभागी सदस्यहरुले बताएका छन् । वैशाखमा संसोधित क्यानको विधान अनुरुप गठित स्वतन्त्र समितिको बैठक सोमबार राजधानीमा बसेकोे थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का उपाध्यक्ष इमरान ख्वाजाको उपस्थितिमा भएको बैठकले सकारात्मक रुपमा प्रक्रिया अघि बढ्ने सम्भावना रहेको […]
August 13, 2018
पोखरा(हाम्रो खेलकुद)– पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नैपर्ने प्रावधान अघि सारेको छ । आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी हरेक टिममा दुई स्थानीय खेलाडी राख्नैपर्ने र टिममा दुई विदेशी खेलाडी हुने जानकारी गराएको हो । स्थानीय खेलाडी उत्पादन होस भन्ने उद्देश्यले यसपटकदेखि टिममा दुई […]
August 12, 2018
लर्डस् (एजेन्सी) – इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले दोस्रो टेस्टमा लज्जास्पद हार बेहोरेको छ । भारतले इंग्ल्यान्डसँग दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ५९ रनको भारी अन्तरले पराजित भएको हो । यससँगै भारत पाँच खेलको सिरिजमा २–० ले पछि परेको छ । लर्डस्मा इंग्ल्यान्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले दास्रो […]
August 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को संसोधित विधान अनुसार नयाँ प्रक्रिया कसरी थाल्ने भन्ने विषयमा छलफल गर्न पाँच सदस्यीय स्वतन्त्र कमिटीको बैठक सोमबार राजधानीमा सुरु हुँदैछ । क्यानको संसोधित विधान अनुसार पाँच सदस्यीय स्वतन्त्रण समिति गठन भएको हो ।आइसीसीको निर्देशन अनुसार बैशाखमा बसेको साधारण सभाले जस्ताको तस्तै विधान संधोधन गरेपछि नयाँ प्रक्रिया सुरु हुने […]
August 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटर सागर पुन र आसिफ शेखसम्मिलित क्वालालम्पुर मलेसियन प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा केवाङसान युनिभर्सिटीलाई ७ विकेटले हराएर क्वालालम्पुर च्याम्पियन बनेको हो । किन्नरा ओभलमा केवाङसान युनिभर्सिटीले दिएको १ सय २ रनको लक्ष्य क्वालालम्पुरले २५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । क्वालालम्पुरको जितमा […]
August 12, 2018
जगदीश्वर पाण्डे काठमाडौं– भनिन्छ, कुनै पनि उचाईमा पुग्न सकिन्छ । तर त्यहा“ रहिरहन कठिन हुन्छ ।भर्खरै एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको नेपाली क्रिकेट टोलीको लागि आगामि ४ वर्ष यहि भनाई लागु हुन्छ । पारस खड्काले नेतृत्व गरेको नेपाली टोलीले नेदरल्यान्ड्स विरुद्धको दुई खेल मध्ये एकमा हार र अर्कोमा जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको […]
August 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्सले क्यारेवियन प्रिमियर लिग (सीपीएल) पहिलो जित निकालेको छ । आज बिहामन भएको खेलमा सेन्ट किट्सले ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । यसअघि सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्स आफ्नो पहिलो खेलमा गुयना अमेजन […]