default_image

क्रिकेट

Nepal Cricket Team Paras

October 13, 2017

 हङकङ विरुद्ध नेपाललाई १ सय ९५ को लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो ।     ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । उनले १ सय १७ बलको सामना गर्दै ९ […]

Nepali Cricket Team

October 13, 2017

नेपालले टस जितेर बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको छ ।  नेपालले अस्वस्थताका कारण महत्वपुर्ण ब्याट्सम्यान शरद भेषवाकरलाई गुमाएको छ । हङकङ स्थित मोङ कङमा हुँदै गरेको खेलमा सानो आकारको मैदान  प्रयोगमा भएकाले  खेल ‘हाइ स्कोरिङ’ हुने अनुमान छ । हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित […]

Sagar Pun

October 12, 2017

हङकङमा नेपाली टोलीको तयारी [फोटो]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार हङकङसँग पहिलो खेल खेल्दै छ । खेलको अघिल्लो दिन नेपाली टोलीले क्वाङ्ग रिक्रिएसन ग्राउन्डमा अभ्यास गरेको हो । नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर अस्वस्थताका कारण  पशिक्षणमा देखिएनन । शरदले शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । सम्पूर्ण तस्विरहरु : कौशल अधिकारी / क्रिकेटिङ्गनेपाल डट कम   

sarad

October 12, 2017

हङकङ विरुद्ध शरदले दुवै खेल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ ।  अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]

GHCA

October 11, 2017

जिएचसिए टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश इन्ष्टिच्युट अफ स्पोर्टस (बिकेएसपी) को आयोजनामा बंगलादेशको ढाकामा आजबाट शुरु भएको बिकेएसपी कप क्रिकेट प्रतियोगिताको लागि १६ सदस्यीय जिएचसिए टोली बुधबार ढाका प्रस्थान गरेको हो । टोलीलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष तथा सांसद विनोद श्रेष्ठ, सिजी फुड्सका लालबाबु प्रसादलगायतले बिदाई […]

Cricket Team

October 11, 2017

नेपाली क्रिकेट टोली हङकङ पुग्यो

काठमाडौ (हाम्रोखेलकुद)- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली आज हङकङ पुगेको छ। टोली हङकङको स्थानीय समय बिहानको ६:३० बजे अवतरण गरेको थियो। नेपालले छैठौ चरणको खेल अन्तर्गतहङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ  च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नैपर्ने हुन्छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनुपर्ने हुन्छ  । च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ ।  च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन्  हङकङसँगको खेलको लागि नेपाली टिमले भारतको चेन्नईमा अन्तिम तयारी गरेको थियो । हङकङसँगको खेलका लागि कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागरपुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन्  त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम टिममा रहेका छन् ।

Jason

October 10, 2017

अस्ट्रेलियाको जितसँगै शृंखला बराबरी

गुवाहाटी (एजेन्सी) – भारतविरुद्ध दोस्रो टी-२० खेलमा ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले तीन खेलको शृंखला बराबरी गरेको छ । अस्ट्रेलियाको जितमा मोइसेस हेनरीक्वेजले अर्धशतक प्रहार गरे भने जेसन बेरेनड्रोफले ४ विकेट लिए । टस जितेर फिल्डिंग रोजेको अस्ट्रेलियाले भारतलाई १ सय १८ रनमा अल आउट गरेको थियो । भारतका शीर्ष क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि कुलदिप […]

Paras Khadka

October 9, 2017

अंक तालिका अझै खुल्ला छः कप्तान पारस खड्का

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्टिटिमका कप्तान पारस खड्काले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सबै ६ टिमलाई विश्वकपमा स्थान बनाउन उत्तिकै दबाव रहेको बताएका छन् । हङकङ प्रस्थान गर्नुअघि कप्तान खड्काले अंक तालिका अझै खुल्ला रहकाले सबै टिमलाई विश्वकपमा स्थान बनाउन सबै टिमलाई उत्तिकै दबाव रहेको बताएका हुन् । ‘नेपाललाई प्रेसर रहेको छैन भन्दिन । सबै […]

Jagat Tamata

October 9, 2017

खेलाडीको भविष्य हङकङसँगको दुई खेलमा जोडिएको छः प्रशिक्षक टमाटा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको भविष्य हङकङसँगको दुई खेलमा जोडिएको बताएका छन् । सोमबार बिदाई पछि प्रशिक्षक टमाटाले हङकङविरुद्धको दुई खेल नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको भन्ने सबैलाई थाहा रहेको र यही दुई खेलमा खेलाडीको करियर जोडिएको बताएका हुन् । ‘हामीले दुई महत्वपूर्ण खेलका लागि एक महिनाको प्रशिक्षण गरेका छौं […]

Cricket Team

October 9, 2017

नेपाली क्रिकेट टोली मंगलबार हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली मंगलबार हङकङ जाने भएको छ । टोलीलाई जितको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशव कुमार विष्टले विदाई गरेका थिए  । सदस्यसचिव विष्टले नेपाली टिमलाई जितको शुभकामना व्यक्त गरे । नेपालले छैठौ चरणको खेल अन्तर्गत हङकङसँग आगामी शुक्रबार […]

Success

Thank you for your time.