default_image

क्रिकेट

August 30, 2018

टि-२० क्रिकेटको सबैभन्दा कम रन दिने बलरहरु

एजेन्सी – पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इरफानले गत साता टि-२० क्रिकेट इतिहासकै किफायती ४ ओभर स्पेलको रेकर्ड आफ्नो नाम गरे । २०१८ को क्यारेबियन प्रिमियर लिगको खेलमा उनले आफ्नो ४ ओभरमा मात्र १ रन खर्चेर २ विकेट लिएका थिए । इरफानको किर्तिमानि बलिङका बाबजुद उनको टोली बार्बाडोस ट्राईडेन्ट्स भने सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स […]

August 30, 2018

एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हारः युएईंसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसीसी एसिया कप छनोट खेलमा लागतार दोस्रो हार बेहोरेको छ ।  किननरा ओभलमा बिहिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएईं) सँग ७८ रनले पराजित भएको हो ।   नेपाल यसअघि बुधबार ओमानसँग ७ विकेटले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको एसिया कप खेल्ने सम्भावना झिनो बनेको […]

August 30, 2018

युएईविरुद्ध सुवासको अर्धशतक, नेपाल दबाबमा

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोटमा बिहीबार सुवास खकुरेलले संयुक्त अरब इमिरेन्ट्स (युएई) विरुद्ध अर्धशतक पुरा गरेका छन् । मलेसियामा जारी खेलमा २ सय ५५ रन लक्ष्य पछ्याएको नेपालको अवस्था सान्तोषजनक नरहेपनि सुवासले ५० रन पुरा गरेका छन् । चोटका कारण लामो समयपछि गत महिना त्रिकोणात्मक टि ट्वान्टी श्रृखलाबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सुवास […]

August 30, 2018

नेपाललाई २ सय ५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो । सन्दीप लामिछाने । फाइल तस्बिर युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक […]

Sagar Pun

August 30, 2018

यूएईविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ रोज्यो : एसिया कप छनोट

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ । यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली भएकाले यस खेल ओडीआई मान्यता प्राप्त खेल हुनेछ । यस खेलमा नेपालका लागि सागर पुनले ओडीआई डेब्यु गर्दै […]

August 29, 2018

एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि नेपाल ७ विकेटले पराजित हुन पुग्यो । ओमानका लागि खवर अलिले नटआउट […]

August 29, 2018

नेपालद्धारा ओमानलाई २ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले ओमनलाई २ सय २२ रनको विजयी लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको हो । नेपालको सम्मानजनक योगफलमा राष्ट्रिय टिममा […]

August 29, 2018

नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत : नेपाल विरुद्ध ओमान [लाइभ अपडेट]

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल र ओमान खेल्दै छन् । खेलको लाइभ अपडेट : यससँगै ओमानले नेपालमाथि ७ विकेटको जित निकालेको छ । ओमान –  २२४/३   (४८ ओभर) ओमान –  २०५ /३   (४७ओभर) ओमान –  २०१ /३   (४६ ओभर) ओमान –  १९४ /३   (४५ ओभर) ओमान –  १९१ /३   (४४ ओभर) […]

August 28, 2018

‘एसिया कपमा छनोट हुने हाम्रो लक्ष्य’ : कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बुधबार मलेसियामा शुरु हुने एसीसी एसिया कप छनोट चरण पार गर्नु नै टोलीको मुख्य लक्ष्य रहेको बताएका छन् । क्वालालम्पुरमा भएको खेल अघिको पत्रकार सम्मेलनमा पारसले एसिया कप पुग्ने लक्ष्यसहित टोली मलेसिया पुगेको बताए । ‘हामीले एसिया कपको लागि श्रीलंकामा एक हप्ताको प्रशिक्षण गर्ने मौका […]

August 28, 2018

नेपालले ओमानसँग खेल्दै एसिया कप छनोटको यात्रा थाल्ने [प्रशिक्षणको फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोट मलेसियामा बुधबार सुरु हुँदैछ । छनोटको अन्तिम तयारी श्रीलंकामा गरेको नेपाली टोली मलेसिया पुगेर पनि प्रशिक्षणमा जुटिसकेको छ । नेपालले ओमानसँग खेल्दै छनोटको यात्रा प्रारम्भ गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।   नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन् । […]

Success

Thank you for your time.