October 24, 2018
एजेन्सी – रन मेसिनको उप नामले चिनिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् । दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ […]
October 24, 2018
एजेन्सी – श्रीलंकासँगको पाँचौ तथा अन्तिम वान डे खेलमा इङ्ल्यान्डले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राती कोलम्बोमा भएको खेलमा श्रीलंकासँग इङ्ल्यान्ड डिएल थर्ड मेथर्डको आधारमा २ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । वान डे क्रिकेटमा इङ्ल्यान्डको यो सबै भन्दा फराकिलो रन अन्तरको हार समेत हो । ३ सय ६७ रनको लक्ष्य […]
October 24, 2018
बिसाकापट्नम (एजेन्सी) – अष्ट्रेलियाविरुद्ध सन् २००१ मा शेन वार्नको बलिङ्गमा लङ्अफमा ड्राइभ प्रहार गर्दै सचिन तेन्दुलकरले क्रिकेट इतिहासमा नँया किर्तिमान लेखाए । एकदिवसिय क्रिकेटमा १० हजार रन प्रहार गर्ने पहिलो खेलाडीको रुपमा सचिनले आफुलाई स्थापित गरे । त्यसको १७ वर्षपछि सम्म अन्य ११ ब्याट्सम्यानहरुले १० हजार रन बनाएका छन् । तर सबै भन्दा छोटो समयमा […]
October 24, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को सहभागी टोली पोखरा पल्टनले विनोद दासलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । नेपाल यू१९ राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका विनोदले यसअघि धनगढी प्रिमियर लिगमा महेन्द्रनगर युनाइटेडको प्रशिक्षण सम्हालेका थिए । नेपाल पुलिस क्लबमा अाबद्ध रहेका विनोदले नेपाल क्रिकेट स्कुलमा पनि प्रशिक्षण दिँदै अाएका छन् । उनी […]
October 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)- पोखरामा शुक्रबार सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टिम एक्स्पर्ट धनगढी ब्लुजले मंगलबार १८ सदस्यीय टोलीको घोषणा गरेको छ । टिम एक्स्पर्ट धनगढी ब्लुजले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो टिममा अनुबन्धित भएका सबै १८ खेलाडी सार्वजनिक गर्दै टोली घोषणा गरेको हो । धनगढीले मंगलबार मार्की प्लेयरसहित अक्सनबाट १४, आइकोनिक खेलाडी र विदेशी खेलाडी समान […]
October 23, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) का लागि राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले अलराउण्डर सन्नी पटेललाई टोलीमा समेटेको छ । यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा सन्नीले दुई प्रतियोगिता खेलेका थिए । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रीयट्स र धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सबाट उनले ज्ञानेन्द्रसँग […]
October 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) को यू–१७ टोलीदृ आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । मंगलबार भएको खेलमा डिसिए स्टार सीसी क्लबसँग ९ विकेटले पराजित भएको हो । स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डिसिएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै १ सय ५ रन […]
October 23, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) यहि शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताका लागि आयोजकले अन्तिम तयारी थालेको छ । रंगशालाका क्युरेटर प्रदिप राउतका अनुसार यसपटक प्रतियोगितामा ४ ओटा पिच प्रयोग हुनेछन् । ‘हरेक दिन नयाँ पिच प्रयोग हुने कारण पनि खेलको स्तरमा कुनै समस्या आउने छैन । स्पाइक नै […]
October 22, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका स्टार स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेट अन्तर्गत मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्। यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपले क्रिकेटमा अर्को फड्को मारेका हुन्। भारतको आइपिएलमा दिल्लीबाट खेल्दै किर्तिमान बनाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्। […]
October 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतीय उमेश पटवाललाई प्रतियोगिता निर्देशक नियुक्त भएका छन् । पिपिएलको आयोजक क्विन्स इभेन्ट्स मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व ब्याटिङ कन्सल्ट्यान्टका रुपमा आबद्ध थिए । पटवाल अफगानिस्तान क्रिकेट टोलीको समेत पूर्व ब्याटिङ कन्सल्टल्यान्ट रहिसकेका छन् […]