default_image

क्रिकेट

sharad

January 22, 2018

शरदले डिपिएल नखेल्ने सम्भावना !

काठमाडौं (हाम्रो खेलकुद)– धनगढीमा चैतमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो संस्करणमा शरद भेषावकर नखेल्ने सम्भावना बढेको छ । पहिलो संस्करणको उपविजेता टोली विराटनगर किङ्ग्सका कप्तान समेत रहेका शरदले व्यक्तिगत कारणले यसपटकको डिपिएल नखेल्ने स्म्भावना रहेको बताएका छन् । डिपिएल तोकिएको समय (मार्च) मा भयो भने म नेपाल नहुन सक्छु , बाबु बन्ने तयारीमा […]

January 22, 2018

क्रिकेट टोलीको प्रशिक्षण जारी, ब्याट्सम्यान सेट देखिए

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ‘टू’ को तयारीमा रहेको नेपाली टोलीले सोमबार पनि कीर्तिपुर स्थित त्रिवि मैदानमा प्रशिक्षण गरेको छ । सोमबारको प्रशिक्षणमा पनि यथार्थ जस्तै खेलको माहोल बनाउँदै बलरहरुले ब्याट्सम्यानहरुलाई तोकिएको कृत्रिम लक्ष्य पार गर्न रोक्नु पर्ने थियो । त्यस्तै ब्याट्सम्यानहरुले भने दिइएको लक्ष्य पुरा गर्नु पर्ने चुनौती लिएका थिए । सोमबारको प्रशिक्षणमा दिलिप […]

January 22, 2018

‘आइपिएल भन्दा राष्ट्रिय टोलीमा केन्द्रित छु’– सन्दिप

काठमाडौं (हाम्रो खेलकुद)– लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सुचिमा पर्दा खुसी लागेको भएपनि आफ्नो लागि नेपाली क्रिकेट टोलीको तयारी बढी महत्वपूर्ण भएको बताएका छन् । नेपाली टोली नामेबियामा हुने विश्व कप क्रिकेट लिग डिभिजन टुको तयारीमा जुटिरहेको छ । केहि दिन अघि भएको आइपिएल अक्सनको सुचिमा सन्दीप पनि समेटिएका थिए […]

January 22, 2018

एनसिएसएसद्धारा दृष्टिविहीन क्रिकेटर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले पहिलोपटक एकदिवसीय विश्वकप खेलेर स्वदेश फर्किएका नेपाल दृष्टिविहीन क्रिकेट टोलीलाई स्वागत र सम्मान गरेको छ । नेपाली दृष्टिविहीन क्रिकटे टोलीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का, नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेपाली टोलीको ब्याटिङ कन्सलटेन्ट भारतीय सुलक्षण कुलकर्नी लगायतले सम्मान गरे […]

January 21, 2018

कहिले र कसरी हुँदैछ आईपीएल अक्सन?

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा यसपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने परेका छन्  ।नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलको अक्सनमा पर्ने पहिलो खेलाडी हुन् । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । तर […]

Khukuri cricket

January 21, 2018

खुकुरी च्यालेन्जर टि–ट्वान्टी क्रिकेट बुधबारदेखि

काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो संस्करणको खुकुरी च्यालेन्जर टि–ट्वान्टी क्रिकेट प्रतियोगिता यही बुधबारदेख हुने भएको छ । आयोजक खुकुरी ईएनटीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १० गतेबाट फागुन ५ गतेसम्म हुने जानकारी गराएको हो । मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा २५ दिन सम्म चल्ने प्रतियोगितामा २० टोलीको सहभागीता रहेको छ । सहभागी […]

England

January 21, 2018

इङ्ल्याण्डलाई शृंखला, अष्ट्रेलिया लगातार तेस्रो खेलमा पराजित

सिड्नी (एजेन्सी) – अष्ट्रेलियालाई लगातार तेस्रो एक दिवसीय खेलमा पराजित गर्दै इङ्ल्याण्डले ५ खेलको शृंखला कब्जा गरेको छ । तेस्रो खेल इङ्ल्याण्डले १६ रनले जितेको हो । ३ सय ३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन मात्र बनायो । टस जितेर अष्ट्रेलियाले इङ्ल्याण्डलाई ब्याटिंग गर्ने निम्तो दिएपछि इङ्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय […]

January 20, 2018

सन्दिप आइपिएल अक्सनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लेग स्पिनर सन्दिप लामिछाने भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आइपिएल) को अक्सनमा परेका छन् । आइपिएलले सार्वजनिक गरेको ५ सय ७८ खेलाडीको सूचीमा सन्दीप पनि परेका हुन् । जनवरी २७ र २८ मा हुने आईपिएल अक्सनमा ३ सय ६० भारतिय खेलाडी समावेश छन् । प्रारम्भिक १ हजार १ सय २२ खेलाडीको सूचीलाई घटाएर आइपिएलले […]

January 20, 2018

द नेक्स्ट कर्पोरेट सुपर सिक्सेसको उपाधि लुम्बिनी आई ईन्सटिच्युटलाई

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवामा जारी द नेक्सट नवौँ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिीनी आई ईन्सटिच्युटले जितेको छ । शनिबार सम्पन्न फाइनलमा तिनाउ विकाश बैंकलाई २ विकेटले हराउँदै लुम्बिनी आईले चौथो पटक सो उपाधि हात पार्न सफल भएको हो । टस जितेर तिनाउ बैंकले लुम्बिनी आईलाई निर्धारित ५ ओभरमा ६० रन बनाएको […]

January 19, 2018

नेत्रहीन क्रिकेटर सम्मानित

काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो । उक्त कार्यक्रम मानक मिडियाका निर्देशक रमेश क्षितिजले सन्चालन गर्नु भएको थियो। बरदुबईस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको […]

Success

Thank you for your time.