default_image

क्रिकेट

January 27, 2018

अन्तिम टेष्टमा दक्षिण अफ्रिका विरुद्ध भारत विजयी

जोहानसबर्ग (एजेन्सी) – दक्षिण अफ्रिका विरुद्धको अन्तिम टेस्टमा भारतले घरेलु टोलीलाई ६३ रनले हराएको छ । भारतले यसअघि नै ३ खेलको सिरिज २-० ले हारिसकेकोले यो जितसँगै सिरिज २-१ बनाउँदै सान्तवना जित हात पारेको छ । दोस्रो इनिङ्समा २ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १ सय ९४ रनमा अलआउट हुन पुग्यो । भारतका […]

January 27, 2018

अाईपीएल अक्सन केहीबेरमा सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुँदै छन् । सन्दीप अक्सनमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् । अक्सन स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । […]

January 26, 2018

अाइपिएल अक्सन भोलीदेखी, नेपाली समर्थकको नजर सन्दिपतिर

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को भोलिको अक्सनमा यसपटक नेपाली क्रिकेट प्रेमिहरुको बेग्लै चासो रहने छ । कारण यसपटक अक्सनमा राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने पनि परेका छन् । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ […]

January 25, 2018

पारसको कप्तानीमा राष्ट्रिय टोली घोषणा, रोहित पहिलो पटक परे

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको छ । टोलीमा रोहित कुमार पौडेलको रुपमा नयाँ अनुहारको आगमन पनि भएको छ । नेपालले फेब्रुवरी ८ देखि १५ सम्म नामिबियामा डिभिजन-२ प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान […]

January 24, 2018

दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा पनि भारत कमजोर

जोहानेसबर्ग (एजेन्सी)– दक्षिण अफ्रिकाविरुद्धको टेस्ट श्रृखंला गुमाइसकेको भारतले तेस्रो तथा अन्तिम टेस्टमा पनि सन्तोषजनक सुरुआत गर्न सकेन । पहिलो दिनमै भारत पहिलो इनिङ्समा १ सय ८७ रनमा अलआउट भएको छ । जवाफमा दक्षिण अफ्रिकाले १ विकेटको नोक्सानीमा ६ रन जोड्दा पहिलो दिन बुधबारको खेल समाप्त भएको छ । भारतीय बलर भुवनेश्वर कुमारले घरेलु टोलीका एडिन […]

January 24, 2018

रुस्लान डिपिएल–२ को रणनीतिक खेलाडी घोषणा

काठमाडौं (हाम्रोखेलकुद)- दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)–२ को रणनीतिक खेलाडी, टिम र मालिक घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आगामी चैत १९ गतेबाट अर्काे वर्षको वैशाख १ गतेसम्म हुने प्रतियोगिताको रणनीतिक खेलाडी, टिम र मालिकको सोमबार घोषणा गरेको हो ।   पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा […]

January 24, 2018

कप्तान पारसको ‘नेट प्राक्टिस’ [भिडियो]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन टूको तयारीमा रहेको नेपाली टोलीको मंगलबारको प्रशिक्षणमा कप्तान पारास खड्काको ‘नेट प्राक्टिस’ भिडियोमा हेर्नुहोस । 

Gyanendra Malla

January 23, 2018

नेपालको प्रशिक्षण जारी [फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन टूको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षण जारी छ । फेब्रुअरी ८ बाट नामेबियामा हुने प्रतियोगिताका लागि नेपाली टोलीले मंगलबार पनि सामान्य रुपमा प्रशिक्षण गर्यो । हेरौं मंगलबारका प्रशिक्षणका केही तस्बिरहरु । तस्बिर : दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद

Kulkarni

January 23, 2018

नेपाली टोलीको फिल्डिङबाट प्रशिक्षक कुलकर्णी प्रभावित

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले आफु नेपाली क्रिकेट टोलीको फिल्डिङबाट निकै प्रभावित भएको बताएका छन् । फेब्रुअरी ८ देखि नामिबियामा सुरु हुने विश्व कप क्रिकेट लिग डिभिजन २ को लागि नेपाली टोली प्रशिक्षणमा जुटेको छ । नेपालले पहिलो खेलमा आयोजक टोलीको सामना गर्नेछ । नेपाली टोलीको बन्द प्रशिक्षणमा मंगलबार सामेल भएका कुलकर्णीले […]

January 23, 2018

यू१९ विश्वकपमा अस्ट्रेलियाका पोपको एेतिहासिक प्रदर्शन

क्विन्सटाउन (एजेन्सी) – अाइसीसी यू१९ विश्वकप अन्तर्गत मंगलबारको क्वाटरफाइनल खेलमा लेग स्पिनर लोयड पोपले ८ विकेट लिएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३१ रनले हराएको छ । पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ३३.३ अोभरमा अलअाउट हुँदा १ सय २७ रन मात्र जोडेको थियो । इंग्ल्याण्ड १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा एक समय ४७/० को सुदृढ स्थितिमा रहेको […]

Success

Thank you for your time.