default_image

क्रिकेट

March 1, 2018

खराब मौसमका कारण हङकङ विरुद्धको अभ्यास खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व कप छनोटमा अभ्यासरत नेपाल क्रिकेट टोलीको हङकङ विरुद्धको दोस्रो अभ्यास खेल वर्षा तथा चिसो मैदानका कारण रद्द भएको छ । नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ । डिभिजन-२ मा […]

March 1, 2018

बागलुङमा टि ट्वान्टी क्रिकेट हुने

अर्जुन कार्की बागलुङ– बागलुङ बजारमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बागलुङ क्रिकेट क्लबको आयोजना तथा फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको सहआयोजनामा चैत ४ देखि ११ गतेसम्म पाँचौ धौलागिरी कप तथा चैत्राष्ट्रमी टि ट्वान्टी क्रिकेट प्रतियोगिता संचालन गर्न लागिएको बागलुङ क्रिकेट क्लबका अध्यक्ष सन्दिप […]

Nepali Cricket Nepal Cricket

March 1, 2018

दोस्रो वार्म-अप खेलमा नेपालले हङकङको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट चरणका खेलअघि को दुई वार्म-अप खेलमध्ये आज नेपालले दोस्रो खेल खेल्दै छ । पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको नेपाली टोलीले आज दोस्रो खेलमा एक दिवसिय मान्यता पाएको हङकङको सामना गर्दैछ । खेल नेपाली समय दिउँसो १:१५ बजे सुरु हुनेछ। नेपालले पहिलो अभ्यास खेलमा युएई ५ विकेटले हराउँदा बलिङ […]

Dravid

February 28, 2018

निस्वार्थ द्रभिडले पाएको पुरस्कार पुरै लिन मानेनन्

मुम्बई (एजेन्सी) – भारतीय पूर्व क्रिकेट खेलाडी राहुल द्रभिड भारतीय यू-१९ टोलीले विश्व कपको उपाधि जित्दाका प्रशिक्षक थिए । प्रतियोगिताको विजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बिसीसीआईले नगद सहित सम्मान गर्दा प्रशिक्षक द्रभिडले पाएको राशि घटाउन बिसीसीआई समक्ष आग्रह गरेको खुलासा बिसीसीआईले गरेको छ । बिसीसीआईले मुख्य प्रशिक्षकलाई ५० लाख भारतीय रुपैंया र खेलाडीहरुलाई ३० लाख भारु सहित सम्मान गर्ने निर्णय गरेको […]

February 28, 2018

गोल्डेनगेटलाई क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेजले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा बुधबार भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ७ रनको योगफल खडा […]

zadran

February 27, 2018

जद्रानको ह्याट्रिकमा अफगानिस्तान वेस्ट इन्डिज विरुद्ध विजयी

हरारे (एजेन्सी) – विश्व कप छनोट अघिको वर्म अप खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई २९ रनले पराजित गरेको छ । अफगानिस्तानका फास्ट बलर दलत जद्रानले २० औं ओभरको चौथो, पाँचौ र छैंटौ बलमा विकेट लिँदै ह्याट्रिक लिएपछि खेल अफगानिस्तानको पक्ष्यमा फर्केको थियो । टस जितेर वेस्ट इन्डिजले बलिङ रोजेपछि ३५ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले ९ विकेट गुमाउँदै १ सय ६३ रन […]

sarad vs UAE

February 27, 2018

पहिलो अभ्यास खेलमा नेपाल युएईविरुद्ध विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २८ ओभर २ बलमा ओभरमा पुरा गर्न सफल रह्यो । नेपालका लागि आज ब्याटिङमा नायक शरद भेषावकर र दिपेन्द्र सिंह ऐरी रहे । दिपेन्द्रले ३२ […]

lalit Nepal

February 27, 2018

नेपाललाई १ सय ७२ रनको लक्ष्य , ललित भण्डारीको ४ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुने विश्वकप छनोटको तयारी अन्तर्गतको पहिलो वर्म अप खेलमा टस जितेर ब्याटिंग रोजेको युएईले नेपाल समक्ष १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण २९ ओभरमा घटाईएको खेलमा युएईले सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको हो । मैदान पानीका कारण भिजेकोले खेल ढिलो सुरु भएको थियो ।  युएईले ५ रनमा पहिलो विकेट गुमाएको थियो । […]

DPl

February 27, 2018

डिपिएल–२ मा जगशक्ति सह–प्रयोजक

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ लाई जगदम्वा इन्टर प्राइजेजको जगशक्ति टिएमटी बारले सह–प्रयोजन गरेको छ । घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ लाई जगदम्वा इन्टर प्राइजेजको जगशक्ति टिएमटी बारले १ वर्षको लाग सह–प्रायोजन १० लाख रुपैयाको प्रयोजन गरेको हो । सम्झौता पत्रमा मंगलबार धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष […]

UAE vs Nepal

February 27, 2018

नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुन गइरहेको विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली आज युएईसँग अभ्यास खेल खेल्दै छ । नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै छ । मैदान पानीका कारण भिजेकोले खेल ढिलो सुरु हुँदैछ । अब खेल २९ ओभरको हुने छ ।  डिभिजन-२ को फाइनल खेलमा नेपाल युएईसँगै पराजित भएको थियो । तर समूह चरणमा भने […]

Success

Thank you for your time.