default_image

क्रिकेट

March 2, 2018

सीपिएलमा परेकाले सन्दिपलाई विश्वकप छनोटमा थप प्रोत्साहन?

विविध सुवेदी  काठमाडौं – नेपालले हालै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित पारेको  थियो । डिभिजन-२ मा नेपालका लागि नायक रहे युवा स्पिनर सन्दिप लामिछाने । सन्दिप प्रतियोगिताभरी सर्वाधिक १७ विकेट लिँदै म्यान अफ द टोर्नामेन्ट पनि घोषित भएका थिए । सन्दिपलाई नेपालका कप्तान पारस खड्काले महत्त्वपूर्ण हतियार […]

March 1, 2018

सन्दीपले क्यारेबियन प्रिमियर लिगमा खेल्ने पक्का!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी-२० क्रिकेटको ड्राफ्टमा सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेल्ने भएका छन् । बिहीबार सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले अाफ्नो टोलीमा समेटेको हो । सन्दीपले सीपीएल खेलेवापत ५ हजार अमेरिकी डलर पाउने छन् । प्याट्रियट्सको टोलीमा क्रिस गेल, एभिन लेविस, कार्लोस […]

March 1, 2018

खराब मौसमका कारण हङकङ विरुद्धको अभ्यास खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व कप छनोटमा अभ्यासरत नेपाल क्रिकेट टोलीको हङकङ विरुद्धको दोस्रो अभ्यास खेल वर्षा तथा चिसो मैदानका कारण रद्द भएको छ । नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ । डिभिजन-२ मा […]

March 1, 2018

बागलुङमा टि ट्वान्टी क्रिकेट हुने

अर्जुन कार्की बागलुङ– बागलुङ बजारमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बागलुङ क्रिकेट क्लबको आयोजना तथा फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको सहआयोजनामा चैत ४ देखि ११ गतेसम्म पाँचौ धौलागिरी कप तथा चैत्राष्ट्रमी टि ट्वान्टी क्रिकेट प्रतियोगिता संचालन गर्न लागिएको बागलुङ क्रिकेट क्लबका अध्यक्ष सन्दिप […]

Nepali Cricket Nepal Cricket

March 1, 2018

दोस्रो वार्म-अप खेलमा नेपालले हङकङको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट चरणका खेलअघि को दुई वार्म-अप खेलमध्ये आज नेपालले दोस्रो खेल खेल्दै छ । पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको नेपाली टोलीले आज दोस्रो खेलमा एक दिवसिय मान्यता पाएको हङकङको सामना गर्दैछ । खेल नेपाली समय दिउँसो १:१५ बजे सुरु हुनेछ। नेपालले पहिलो अभ्यास खेलमा युएई ५ विकेटले हराउँदा बलिङ […]

Dravid

February 28, 2018

निस्वार्थ द्रभिडले पाएको पुरस्कार पुरै लिन मानेनन्

मुम्बई (एजेन्सी) – भारतीय पूर्व क्रिकेट खेलाडी राहुल द्रभिड भारतीय यू-१९ टोलीले विश्व कपको उपाधि जित्दाका प्रशिक्षक थिए । प्रतियोगिताको विजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बिसीसीआईले नगद सहित सम्मान गर्दा प्रशिक्षक द्रभिडले पाएको राशि घटाउन बिसीसीआई समक्ष आग्रह गरेको खुलासा बिसीसीआईले गरेको छ । बिसीसीआईले मुख्य प्रशिक्षकलाई ५० लाख भारतीय रुपैंया र खेलाडीहरुलाई ३० लाख भारु सहित सम्मान गर्ने निर्णय गरेको […]

February 28, 2018

गोल्डेनगेटलाई क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेजले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा बुधबार भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ७ रनको योगफल खडा […]

zadran

February 27, 2018

जद्रानको ह्याट्रिकमा अफगानिस्तान वेस्ट इन्डिज विरुद्ध विजयी

हरारे (एजेन्सी) – विश्व कप छनोट अघिको वर्म अप खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई २९ रनले पराजित गरेको छ । अफगानिस्तानका फास्ट बलर दलत जद्रानले २० औं ओभरको चौथो, पाँचौ र छैंटौ बलमा विकेट लिँदै ह्याट्रिक लिएपछि खेल अफगानिस्तानको पक्ष्यमा फर्केको थियो । टस जितेर वेस्ट इन्डिजले बलिङ रोजेपछि ३५ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले ९ विकेट गुमाउँदै १ सय ६३ रन […]

sarad vs UAE

February 27, 2018

पहिलो अभ्यास खेलमा नेपाल युएईविरुद्ध विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २८ ओभर २ बलमा ओभरमा पुरा गर्न सफल रह्यो । नेपालका लागि आज ब्याटिङमा नायक शरद भेषावकर र दिपेन्द्र सिंह ऐरी रहे । दिपेन्द्रले ३२ […]

lalit Nepal

February 27, 2018

नेपाललाई १ सय ७२ रनको लक्ष्य , ललित भण्डारीको ४ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुने विश्वकप छनोटको तयारी अन्तर्गतको पहिलो वर्म अप खेलमा टस जितेर ब्याटिंग रोजेको युएईले नेपाल समक्ष १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण २९ ओभरमा घटाईएको खेलमा युएईले सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको हो । मैदान पानीका कारण भिजेकोले खेल ढिलो सुरु भएको थियो ।  युएईले ५ रनमा पहिलो विकेट गुमाएको थियो । […]

Success

Thank you for your time.