default_image

क्रिकेट

April 27, 2018

दिल्लीको उत्कृष्ट ब्याटिङ, कोलकातालाई २ सय २० रनको लक्ष्य

दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई २ सय २० रनको विजय लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले […]

April 27, 2018

आइपिएलमा हैदराबादसँग पञ्जाबको हार

हैदराबाद (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार किङ्स ११ पञ्जाबलाई १३ रनले हराएको छ । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा चेन्नई सुपर किङ्स र ७ खेलमा पञ्जाबको पनि समान १० अंक छ । चेन्नई शीर्ष र पञ्जाब तेस्रो स्थानमा छ । […]

April 26, 2018

आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

बैंगलुरु (एजेन्सी)– महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनबाट प्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । जितपछि चेन्नई पुनः शीर्षस्थानमा उक्लेको छ । समान १० अंक भएपनि किङ्स ११ पञ्जाब दोस्रो स्थानमा झरेको छ । छैटौं खेलमा चेन्नईको त्यो पाँचौ जित थियो । छैटौं खेलमा […]

April 25, 2018

‘म क्रिकेटको रोनाल्डो, डी भिलियर्स मेस्सी’ – विराट कोहली [भिडियोसहित]

बेंगलोर (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले भारतीय टेलिभिजनसँगको एक अन्तर्वार्तामा आफूलाई क्रिकेटको रोनाल्डो र दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सलाई मेसीसँग तुलना गरेका छन् । गत साता लिइएको अन्तर्वार्तामा बोल्दै कप्तान कोहलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनलाई चेन्नई सुपर किंग्स तथा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले रोनाल्डो भनेसँगै कोहलीले रोनाल्डोको कडा […]

Gautam gambhir

April 25, 2018

दिल्लीको कप्तानीमा परिवर्तन, गम्भीरले जिम्मेवारी त्यागे

दिल्ली (एजेन्सी) – दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानी त्यागेका छन्।  दिल्लीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा खराब प्रदर्शन गर्दै ६ खेलमा ५ मा हार बेहोरेपछि गम्भीर आफैंले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।  गम्भीरकै सिफारिसमा २३ वर्षे ब्याट्सम्यान श्रेयास ऐयारले कप्तानी सम्हाल्ने भएका छन्। नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीको टोलीले पहिलो ६ खेल खेल्दा सन्दीपले कुनै […]

April 25, 2018

पहिलो नेपालगन्ज क्रिकेट कपको उपाधी दंगाली गोर्खाजलाई

कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी पाण्डा इभेन्टस् को स्वामित्वमा रहेको दंगाली गोर्खाजले जितेको छ । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगालीले उपाधी आत्मसात गरेको हो। उपाधी सहित गोर्खाजले नगद १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने गोरिल्लाजले नगद ६० हजार रुपैयाँ […]

people's choice 2074

April 25, 2018

पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक -सन्दीप, किरणसहित पाँच खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङसहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।  अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो । सन्दीप, किरणसँगै मनोनयमा पर्नेमा भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा […]

April 25, 2018

नेपालगन्ज कपको फाइनलमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्दै

कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको फाइनलमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्दै छन् । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा हुने खेल आज बिहान ११ बजे सुरुहुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टोलीले ट्रफी तथा नगद १ लाख १० हजार रुपैयाँ र उपबिजेता हुने टोलीले नगद ६० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।  ६ टोली सम्मिलित प्रतियोगिताको समूह […]

April 25, 2018

हैदराबादको चौथो जित, मुम्बई फेरि पराजित

मुम्बई (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । कम स्कोरलाई बचाउने गर्ने क्रममा १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईलाई हैदराबादले १८.५ ओभरमा ८७ रनमा रोक्यो । मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । छैटौं खेलमा चौथो जितका साथ हैदराबाद तेस्रो स्थानमा […]

April 24, 2018

मनमोहन स्मृति क्रिकेटको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातै प्रदेशको छनोट सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष ठाकुर गैरे बताए । प्रतियोगिता कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ । सहभागी […]

Success

Thank you for your time.