default_image

क्रिकेट

February 25, 2019

नेपालले चीनलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोड्न सक्यो । चीनका लागि मध्यक्रममा झाङ मेइ ३२ रनमा नटअाउट रहिन् । अोपनर […]

February 25, 2019

राशिदले ह्याट्रिक लिँदा अफगानिस्तान विजयी

एजेन्सी – स्पिनर राशिद खानले ४ बलमा लगातार ४ विकेट लिएपछि अफगानिस्तानले आयरल्यान्डविरुद्ध दोस्रो टि-२० मा ३२ रनको जित दर्ता गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन जोड्यो । यस जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा ३-० को जित दर्ता […]

February 24, 2019

नेरीको कीर्तिमानी बलिङसँगै नेपालले हङकङलाई हरायो

काठमदौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत चौथो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । नेपालको जितमा नेरी थापाको बलिङ जितको बलियो आधार बन्न पर्याप्त रहयो । आइतबार बैंककमा भएको खेलमा हङकङले प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त […]

February 24, 2019

एनसिएल टी–२० का लागि खेलाडी दर्ता खुला

काठमाडौं (हाम्रो खेलकुद) – चैत १ गतेबाट विराटनगरमा आयोजना हुने एनसिएल वुमन्स टी–२० क्रिकेट लिगका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको छ । आयोजक एनसिएलले अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया शनिबारबाट शुरु भएको जानकारी गराएको छ । खेलाडी दर्ता प्रक्रिया १० फागुनबाट १८ फागुनसम्म जारी रहनेछ । खेलाडी दर्ताका लागि एनसिएल स्पोर्ट्स प्रालिको आधिकारिक वेबसाईट […]

February 23, 2019

टि२० मा अफगानिस्तानको २७८ रन,जजाई एक्लैको १६२ !

एजेन्सी – ओपनर हज्रतुल्लाह जजाईले कीर्तिमानी विश्फोटक शतक प्रहार गरेपछि आयरल्यान्डसँगको दोस्रो टि२० खेलमा अफगानिस्तानले एकै खेलमा तीन विश्व कीर्तिमानी बनाएको छ । शनिवार राती सम्पन्न खेलमा अफ्गानिस्तानले आयरल्यान्डलाई ८४ रनले पराजित गर्दै तीन टि-२० श्रृंखला एक खेल अगावै २-० ले जितेको छ । टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा मात्र ३ […]

February 23, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद लाहोर पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शनिबार क्वेटा ग्ल्याडीयटर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । उनको कसिलो बलिङका बाबजुद लाहोर ४ विकेटले पराजित भयो । सन्दीपले आफ्नो ४ ओभरको कोटा पूरा गर्दै २० रन खर्चेर १ विकेट हात पारे । छैटौं ओभरमा बलिङ पाएका […]

February 23, 2019

सन्दीपको टिम लाहोरको औसत ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पीएसएल) को १२ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले क्वेटा ग्लाडियटर्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालको लाहोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । लाहोरका लागि कप्तान एवि डी भिलियर्सले सर्वाधिक […]

February 23, 2019

डिपिएलको ‘गोल्डेन बुट’ दीपेन्द्रलाई !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल)को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । विजयी टोलीका कप्तान दीपेन्द्रसिंह एेरीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सुनको जुत्ता प्राप्त गरेका छन् । आज भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । १ सय २४ रनको लक्ष्य पक्ष्याएको १९.५ ओभरमा ७ विकेटको […]

February 23, 2019

सन्नी चम्किँदा डिपिएलको उपाधि अत्तरियालाई

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । १ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन […]

February 23, 2019

रुस्लान डिपिएल फाइनल- महेन्द्रनगरले अत्तरियालाई दियो १ सय २४ रनको लक्ष्य

धनगढी(हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनल खेलमा सिवाईसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनायो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र […]

Success

Thank you for your time.