default_image

क्रिकेट

September 23, 2018

एसिया कप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

यूएई (एजेन्सी) – यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज दुई खेल हुदैँछन् । उपाधिका दुई प्रमुख दाबेदार टोली भारत र पाकिस्तान भिड्ने छन् । यी दुईबीचको खेल युएईको दुबईमा हुने छ । त्यस्तै अर्को खेलमा बंगलादेशले अफगानिस्तानको सामना गर्ने छ । यी दुई बीचको खेल आबुधाबीमा हुने छ । दुबै खेल नेपाली […]

September 22, 2018

अफगानिस्तानका स्पिनर राशिद खान आईसीसीको कारवाहीमा

एजेन्सी – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अफगानिस्तान र पाकिस्तनाबीचको सुपर फोर खेलमा आईसीसीको आचार संहिता नियम उलंघन गरेको भन्दै आइसीसीले अफगानिस्तानका स्पिनर रशिद खानलाई कारवाही गरेको छ । उनीसँगै पाकिस्तानका तिब्र गतिका बलर हसन अली र अफगानिस्तानका कप्तान अस्गर अफ्घान पनि कारवाहीमा परेका छन् । आइसीसीले कारवाहीस्वरुप पारिश्रमीकको १५ प्रतिशत जरिवाना गर्ने […]

September 22, 2018

सन्दीप धेरै देशमा क्रिकेट खेल्ने सुचिमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा लेग स्पिनर सन्दीपको नाम पनि अटाएको छ । सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा […]

September 22, 2018

पाकिस्तानले अफगानिस्तानलाई अन्तिम ओभरमा हरायो

आबुधावी (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत सुपर ४ चरणमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । शुक्रबारको खेलमा अन्तिम ओभरसम्म चलेको रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै पाकिस्तानले महत्त्वपूर्ण अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन जोडेको थियो । ओपनर महमद सहजादले २० र […]

September 22, 2018

एसिया कप सुपर ४ मा भारतको विजयी सुरुआत

दुबई (एजेन्सी) – एसिया कप क्रिकेटअन्तरगत सुपर ४ चरणको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य भारतले ३७ औं ओभरमा प्राप्त गरेको थियो । भारतका लागि कार्यवाहक कप्तान एवं ओपनर रोहित शर्माले नटआउट ८३ रनको योगदान दिए । उनले १ सय ४ बलको सामना […]

September 21, 2018

अफगानिस्तानले पाकिस्तानलाई दियो २ सय ५८ रनको लक्ष्य, शतक बनाउन चुके शाहिदी

युएई (एजेन्सी) – युएईमा जारी एसिया कपको सुपर फोर खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । युएईको अबु धाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदैँ २ सय ५७ रन बनाएको छ । अफगानिस्तानका धर्यतापूर्वक ब्याटिङ गरेका हाशमतुल्ला शाहिदी शतक बनाउन चुके । अन्तिम ओभरमा उसमान […]

September 21, 2018

बंगलादेशद्धारा भारत सामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत

युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशले भारतलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा अल आउट हुदैँ मात्र १ सय ७३ रन बनाउन सक्यो । बंगलादेशका लागि महमूदुल्लाह ५३ बलमा ३ चौकाको सहयोगमा २५,मेहदी हसन मिराजले ५० बलमा […]

September 21, 2018

एसिया कप – सुपर फोरमा आज दुई खेल हुँदै

युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटमा आजबाट सुपर फोरका खेल सुरु हुने छन् । पहिलो खेलमा बंगलादेशले उपाधिको प्रमुख दाबेदार टोली भारतसँग दुबईमा खेल्ने छ । दोस्रो खेलमा अबु धाबीमा पाकिस्तानले अफगानिस्तानको सामना गर्ने छ । दुबै खेल नेपाली समय अनुसार साँझ ५ : १५ बजे बाट सुरु हुने छन् । समूह ‘ए’ बाट […]

September 21, 2018

रशिदको अलराउन्ड प्रदर्शनमा अफगानिस्तान विजयी

यूएई (एजेन्सी) – अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १  सय १९ रनमा समेटियो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ […]

September 19, 2018

पाकिस्तानमाथि भारतको फराकिलो जित

दुवई (एजेन्सी) – उपाधिका दावेदार भारतले युएईंमा जारी एसिया कपको समूहको खन्तिम खेलमा सहज जित निकालेको छ । भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा सुपर लिगमा स्थान पक्का गरेको छ । पाकिस्तानले दिएको १ सय ६३ रनको मध्यम लक्ष्य भारतले २९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । मजबुत शुरुवात गरेको भारतका […]

Success

Thank you for your time.