default_image

क्रिकेट

July 29, 2024

वासिङ्टन फ्रिडमले जित्यो मेजर लिग क्रिकेट

एजेन्सी – सन फ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमसिएल) जितेको छ । अमेरिकाको डालसमा सोमबार बिहान भएको फाइनलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पार्दै उपाधि जितेको हो । वासिङ्टनले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको सन फ्रान्सिस्कोले १६ ओभरमा अल आउट हुदै १ सय ११ रन मात्र […]

July 29, 2024

पूर्व फुटबलर राईको निधन

हिमाल खरेल,बिर्तामोड पूर्व राष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी केही दिनदेखि बिरामी थिए । उनी लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका […]

July 29, 2024

रोहितआबद्ध टोरोन्टो नेसनल्स पराजित

एजेन्सी – क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।नेसनल्स सरे ज्याकवार्ससँग सोमबार बिहान भएको खेलमा ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा […]

July 29, 2024

गम्भीरको पहिलो जिम्मेवारीमै भारतलाई सिरिज उपाधि

एजेन्सी – गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो सिरिजमै भारत विजयी भएको छ । भारतले श्रीलंका विरुद्ध तीन खेलको टि-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो । आइतबार दोस्रो खेल भारतले डकवर्थ-लुइस-स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो । वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर […]

July 29, 2024

सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको तेस्रो हार

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टि-ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हार बेहोर्ने क्रममा भेनकुभर मोन्ट्रियल टाइगर्स विरुद्ध १० रनले पराजित भएको हो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित […]

July 28, 2024

सन्दीपको एक विकेट सहित भेनकुभरलाई मध्यम लक्ष्य

एजेन्सी – सन्दीप लामिछानेको एक विकेट सहित क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा भेनकुवर नाईट्सले मध्यम लक्ष्य पाएको छ । टस जितेर पहिला बलिङ गरेको भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा रनमा १ सय ४४ रोकेको हो । भेनकुवरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । उनले दिलप्रित बाज्वालाई बोल्ड […]

July 28, 2024

श्रीलंकाद्वारा भारतलाई मध्यम लक्ष्य प्रस्तुत

एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतले ३ वटा टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आइतवार घरेलु टोलीबाट मध्यम विजयी लक्ष्य पाएको छ । श्रीलंकाबाट जितका लागि भारतले १ सय ६२ रनको लक्ष्य पाएको छ । श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो […]

July 28, 2024

सन्दीप र दीपेन्द्र दुबै जना प्लेईङ-११ मा

काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा नेपाली क्रिकेटद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भेनकुवर नाईट्सले टस जितेको छ । भेनकुवरका कप्तान उस्मान ख्वाजाले टस जितेर बलिङ रोजेका हुन् । नेपालका क्रिकेटरहरु सन्दीप र दीपेन्द्रले प्लेईङ-११ मा मौका पाएका छन् । भेनकुवरले यसअघिका दुबै खेलमा हार बेहोरेको थियो।

July 28, 2024

भारतलाई हराउँदै श्रीलंका पहिलो पटक च्याम्पियन

एजेन्सी – साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ […]

July 28, 2024

भारतद्वारा श्रीलंकालाई फाइनलमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

एजेन्सी – एसिसी एसिया कपको पहिलो पटक च्याम्पियन बन्न श्रीलंकाले भारतबाट १ सय ६६ रनको लक्ष्य पाएको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाईन् । स्मृतीले ४७ बलमा […]

Success

Thank you for your time.