default_image

क्रिकेट

December 19, 2018

चितवनलाई हराउँदै भैरहवा क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्स एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाउदै पुरा गर्दै क्वालिफायरमा काठमाडौं किंग्स इलाभनेसँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई […]

December 19, 2018

यी १५ स्टार खेलाडी जो आईपीएलमा बिकेनन्

जयपुर (एजेन्सी) – विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन जयपुरमा मंगलबार सम्पन्न भएको छ । ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि कुल ६० खेलाडीमाथि बोली लागेको छ । भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ […]

December 19, 2018

एलिमिनेटरमा भैरहवा र चितवन भिड्दै

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को एलिमिनेटर खेलमा आज भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्दै छन् । खेल दिउँसो १ बजेबाट सुरु हुने छ । भैरहवामा शरद भेषवाकर कप्तान छन् भने चितवन पृथु बास्कोटाको कप्तानीमा उत्रने छ । समुह चरणमा चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा ५ खेलमा ३ मा जित […]

December 19, 2018

आईपीएल अक्सन : सर्वाधिक मूल्यमा विक्री भएका १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन सकिएको छ । जयपुरमा सम्पन्न अक्सनमा कुल ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि ६० खेलाडीमाथि बोली लाग्यो । न्युजिल्यान्डका ब्रेन्डम मैकुलम, दक्षिण अफ्रिकाका हसिम अमला, इंग्ल्यान्डका एलेक्स हेल्सलगायत थुप्रै खेलाडीलाई कुनै टोलीले लिन चाहेनन् । भारतका जयदेव उनादकट र वरुण […]

December 18, 2018

‘रोबोटजस्तो महसुस भइरहेको छ’ – ललितपुर कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलपछि बोल्दै ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले आयोजकको व्यवस्थापन र अम्पायरको निर्णयबारे गुनासो पोखे । खेलमा ज्ञानेन्द्र मल्ल काठमाडौंका साम्सद शेखले फ्याँकेको आठौं ओभरको पाँचौ बलमा एलबीडब्लु आउट भएका थिए । […]

December 18, 2018

रुस्लान डीपीएलको अक्सन दर्ता भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । तेस्रो संस्करण यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले विगतका वर्षहरुझै यस वर्ष पनि अक्सनमार्फत नै खेलाडीहरुको छनोट गर्दैछ । यसवर्ष विगतझैं खेलाडीलाई विभिन्न वर्गमा विभाजन […]

December 18, 2018

अन्तिम बलमा काठमाडौंलाई १ विकेटले हराउँदै ललितपुर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – योगेन्द्र सिंह कार्कीले अन्तिम ४ बलमा लगातर २-२ रन जोड्दै आठ रन जोडेपछि ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिगको फाइनलमा स्थान पक्का गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा भेटेको थियो । ललितपुरको जितमा नायक सावित रहेका योगेन्द्रले […]

December 18, 2018

स्पिनर चम्केपछि काठमाडौं १ सय ८ रनमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रीयट्सका स्पिन बलरहरुले घातक बलिङ गरेपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० को पहिलो क्वालिफायर खेलमा काठमाडौं किग्स इलाभेनले ललितपुर प्याट्रीयट्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो । मध्यम सुरुवात […]

December 18, 2018

अष्ट्रेलियासँग भारतको फराकिलो हार

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो टेस्टमा पाहुना टोली भारतले फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार भारत १ सय ४० रनमा अल आउट हुदैँ १ सय ४६ रनको फराकिलो हारको स्वाद चाखेको छ । अष्ट्रेलियाको यो जितसँगै चार टेस्टको श्रृंखला १– १ को बराबरी भएको छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी भएको थियो । […]

December 18, 2018

तीन युवा खेलाडीले सेहवागको एकेडेमीमा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सुशील कोइराला मेमोरियल फाउन्डेसनले तीन युवा क्रिकेटरलाई प्रशिक्षणका लागि छात्रवृत्तिमा भारत पठाउने भएको छ । यी खेलाडीले नयाँ दिल्ली स्थित दिग्गज खेलाडी वीरेन्द्र सेहवागद्वारा स्थापित सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्नेछन । नेपालका लागि उमेर समूहमा खेलिसकेका ऋत गौतम र तृतराज दाससंगै भुपेन्द्र कुमार उप्रेतीले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउने छन् । ऋत र तृत यसअघि यू-१६ […]

Success

Thank you for your time.