default_image

क्रिकेट

December 24, 2018

सन्दीपको उत्कृष्ट प्रर्दशन तर मेलबर्न पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यासको दोस्रो खेलमा पनि सानदार प्रर्दशन गरेका छन् । सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । आफ्नो पहिलो स्पेल लिएर सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा एलेक्स डूलनलाई २ रनमा […]

December 23, 2018

भारतविरुद्ध ७ वर्षे आर्चीले खेल्ने, कोहलीलाई आउट गर्ने इच्छा!

एजेन्सी – भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट मेलवर्नमा आगमी २६ डिसेम्बर देखी सुरु हुँदैछ । पहिलो टेस्ट भारतले ३१ रनले जित्दा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो । भारतसँग हुने तेस्रो टेस्ट अघि अस्ट्रेलियाले आफ्नो १४ सदस्य खेलाडी घोषणा गरेको छ । जस्मा ७ वर्षिय आर्ची शिलर टोलीमा रहेका छन् । कप्तान […]

December 23, 2018

स्टार क्रिकेटरलाई पछि पार्दै आईसीसीको वरियतामा नेपालका ३ खेलाडी

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी अटाएका छन् । नयाँ वरियतामा शिर्ष १०० भित्र नेपालका ३ खेलाडी अटाएका हुन् । ब्याटिङ तर्फ पारस खड्का, बलिङमा सोमपाल कामी र वसन्त रेग्मी शिर्ष एक सय भित्र छन् । अलराउण्डर तर्फ पारस र सोमपाल परेका छन् । […]

December 22, 2018

‘सबैले आफ्नो जिम्मेवारी निर्वाह गरे’ – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटका तीन ठूला टि ट्वान्टी प्रतियोगितामध्ये एभरेष्ट प्रिमियर लिग (ईपीएल) को २०१८ संस्करणको उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सले पहिलो पटक जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शरद भेषावकरको भैरहवा ग्ल्याडियटर्सलाई १४ रनले हराउँदै ललितपुरले इपिएल उपाधि जितेको हो । अन्य दुई प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) र […]

December 22, 2018

व्यवस्थापन सुस्त, खेलाडी रुष्ट, आयोजक सन्तुष्ट

सुबास हुमागाईं, काठमाडौं कुनैपनि प्रतियोगिताको पहिलो संस्करणले त्यसको दिगो भविष्य कस्तो छ भन्ने देखाउँछ । दोस्रो संस्करणमा आएको सुधारले त्यसको महत्त्व आम दर्शक र खेलको विकासमै कस्तो रहन्छ भन्ने थाहा हुन्छ । तेस्रो संस्करणदेखि सम्बन्धित पक्षहरुले त्यस प्रतियोगिताबाट केहि अपेक्षा पनि गर्न थाल्छन् । राजधानीमा शनिबार एभरेस्ट प्रिमियर लिगको तेस्रो संस्करण सम्पन्न भयो । पहिलो […]

December 22, 2018

ईपीएलमा म्यान अफ द सिरीज रविइन्दर सिंह

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा म्यान अफ द सिरीज भैरहवा ग्ल्याडीयटर्सका ब्याट्सम्यान रविइन्दर सिंह चुनिएका छन् । रविले पुरस्कारस्वरुप आरटीआर १ सय ६० फोर भि मोटरसाइकल पाए । ईपीएलमा उनले ८ खेलमा १ शतक सहित ३ सय ३७ रन बनाएका थिए । उपाधि ललितपुर प्याट्रीयट्सले जितेको छ । फाइनल खेलमा शनिबार […]

December 22, 2018

ज्ञानेन्द्रको ललितपुरलाई ईपीएल उपाधि !

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ । ललितपुरले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि भैरहवालाई १७ रन आवश्यक परेको अवस्थामा योगेन्द्रसिंह कार्कीले २ […]

December 22, 2018

ईपीएल उपाधि जित्न भैरहवालाई १ सय ५६ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जय किशन कोल्सावालाको अर्धशतकमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको फाइनल खेलमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्ल्याडीयटर्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । कोल्सावालाले ५२ बलमा समान ३ चौका र छक्का प्रहार […]

December 22, 2018

ईपीएल उपाधिको लागि भैरहवा र ललितपुर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि आज भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् । खेल आज दिउँसो १२ : ३० बजेबाट टियू क्रिकेट मैदानमा सुरु हुने छ । शरदको टिम भैरहवा र ज्ञानेन्द्र मल्लले कप्तानीमा रहेको ललितपुर पहिलो उपाधि चुम्ने सपना सहित मैदान उत्रिने छन् । शरद घरेलु […]

December 21, 2018

यी हुन् ईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि शनिबार भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् । ललितपुरले पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भैरहवाले एलिमिनेटरमा चितवनलाई ४ र क्वालिफायरमा काठमाडौंलाई ६ विकेटले हराउँदै ललितपुरसँगको भेट पक्का गर्यो । पोखरा राइनोज र विराटनगर […]

Success

Thank you for your time.