default_image

क्रिकेट

February 4, 2019

नेपाल आईसीसी टि ट्वान्टी वरियतामा सामेल

दुबई (एजेन्सी) – नेपाल अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) टि ट्वान्टीको वरियतामा समावेश भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)सँग आइतबार सम्पन्न तीन टि ट्वान्टीको सिरीज २(१ ले जितेसँगै नेपाललाई आईसीसीको वरियतामा समावेश गरिएको हो । आईसीसीले सोमबारसार्वजनिक गरेको टि ट्वान्टी वरियतामा नेपालले खेलका ७ खेलमा ३ सय ३ अंक र ४३ अंक रेटिङ छ । […]

February 4, 2019

पाकिस्तानलाई १० विकेटले हराउँदै नेपाल ४-० ले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानसँगको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले ४– ० ले जितेको छ । सोमवार भएको पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४–० ले जित्न सफल भएको हो । यसअघि पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको […]

February 4, 2019

भद्रगोल बनेको ‘भव्य स्वागत’ !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टिम संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सिरिज जितेर सोमबार अपरान्ह नेपाल फर्कने कार्यक्रम थियो । टोली निर्धारित समयभन्दा करिब डेढ घन्टापछि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । टोली बाहिरिने बेलासम्म विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष, खेलकुदका उच्च व्यक्तित्व, सयौंको हाराहारीका सञ्चारमाध्यम, नेपाली क्रिकेटका समर्थकको बाक्लो उपस्थिति रहँदा सुरक्षाकर्मीलाई भीडभाड तह […]

February 4, 2019

धुर्मुश–सुन्तली फाउन्डेसनलाई चितवन क्रिकेट संघको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने महत्वकांक्षी योजना अगाडि सारेको धुर्मुश–सुन्तली फाउन्डेसनलाई चितवन जिल्ला क्रिकेट संघले आर्थिक सहयोग प्रदान गरेको छ । भरतपुरमा आइतबार रंगशाला बनाउनका लागि डीपीआर घोषणा कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका कोषाध्यक्ष भरत कुँवरले संघका तर्फबाट फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको चेक हस्तानतरण […]

February 4, 2019

क्रिकेट टोलीलाई ‘रेड कार्पेट’ मा भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)– संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एकदिवसीय र ३ टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला जितेर आज स्वदेश फर्केको नेपाल क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । साँझ चार बजे विमानस्थल आईपुगेको टोलीको स्वागतका लागि खेलसम्बद्ध पदाधिकारीसँगै सयौंको संख्यामा समर्थकहरुको उपस्थिति थियो । नेपाली टोलीको स्वागतको लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर […]

February 4, 2019

‘टुर स्वीप’ गरेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको ६ खेलको समान ३–३ एकदिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट ‘टुर स्वीप’ जितेर ऐतिहासिक उपलब्धि हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदैछ । नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक तथा टेक्निल एनलिष्ट रमन शिवाकोटीका अनुसार नेपाली टोली सोमबार फ्लाई दुबई विमानबाट अपरान्ह ३ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

February 3, 2019

नेपालको ऐतिहासिक जितमा नायक ४ खेलाडी

दुबई (हाम्रो खेलकुद) – यूएईविरुद्धको तेस्रो तथा अन्तिम टि–२० अन्तर्राष्ट्रिय खेलमा १४ रनले विजयी हुँदै नेपालले ३ खेलको टि-२० सिरिज २–१ ले जितेको छ । वर्षाले प्रभावित हुँदा खेल १० ओभरमा छोटाईएको थियो । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले कप्तान पारस खड्का,सन्दीप जोरा र विनोद भण्डारीको उत्कृष्ट प्रर्दशनमा १० ओभरमा ८ विकेटको क्षतिमा १ […]

February 3, 2019

‘ज्ञानेन्द्रको फिल्डीङले जिताएको खेल’

सुबास हुमागाईं, दुबई नेपालले यूएईलाई टि-२० सिरिजको तेस्रो खेलमा १४ रनले पराजित गर्दा खेलको मुख्य आधार उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट फिल्डीङ रहयो । ज्ञानेन्द्रले खेलमा तीन शानदार क्याच लिँदै नेपालको जित पक्का गरेका थिए । उनले लिएका तीनै क्याच दर्शनीय थिए । ज्ञानेन्द्रले आठौं ओभरको पहिलो बलमा शाइमान अनवरलाई क्याच लिँदै पेभेलियन फर्काए । २० […]

February 3, 2019

यूएईविरुद्ध नेपालको ‘टुर स्विप’

सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध आइतबार भएको तेस्रो तथा अन्तिम टि-२० खेलमा १४ रनको रोमान्चक जित दर्ता गर्दै ‘टुर स्विप’ गरेको छ । यस जितसँगै टि-२० सिरिज २-१ ले कब्जा गरेको नेपालले यसअघि ओडीआई सिरिज पनि २-१ ले नै जितेको थियो । ओडीआई सिरिजमा पनि पहिलो खेल गुमाएको नेपालले सुखद पुनरागमन गर्दै […]

February 3, 2019

नेपालको युएई विरुद्ध ऐतिहासिक जित

सुबास हुमागाईं दुबई – युएई विरुद्धको तेस्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा युएईले केवल ९० रन जोड्न सफल भयो । सुरुमा वर्षाका कारण खेल १० ओभरमा छोट्याइएको थियो । यससंगै नेपालले ३ खेलको श्रृंखला २-१ ले जित्दै श्रृंखला […]

Success

Thank you for your time.