default_image

क्रिकेट

March 8, 2019

क्रिकेट खेलाडीको सहयोगार्थ कप्तान पारस च्यारिटी खेल खेल्दै

हेटौंडा (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत राष्ट्रिय खेलाडीले शनिबार च्यारिटी खेलमा सहभागिता जनाउने भएका छन् । हेटौंडास्थित हुप्राचौर मैदानमा हुने खेलमा खेल क्षेत्र तथा कला क्षेत्रमा अन्य हस्तिहरुको पनि उपस्थिति रहनेछ । मकवानपुरका स्थानिय पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ च्यारिटी खेल अायोजना गर्न लागिएको हो । […]

March 8, 2019

राशीदको ब्याट र बल चल्दा अफगानिस्तान विजयी

एजेन्सी- स्पिनर राशिद खानले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेपछि आयरल्यान्डसँगको चौथो वान डे खेलमा अफगानिस्तान १ सय ९ रनले विजयी भएको छ । २ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको आयरल्यान्ड ३५.३ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । उसका लागि केभिन ओ ब्रायनले २६, सिमी सिंह २०, कप्तान विलियम पोर्टरफील्ड २१ र […]

March 8, 2019

सोनुको विष्फोटक अर्धशतक खेर गयो !

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगितामा शुक्रबार दिउँसो ललितपुरले काभ्रेपालाञ्चोकलाई ६ विकेटको पराजित गरेको छ । टियू क्रिकेट मैदानमा काभ्रेले दिएको १ सय १८ रनको लक्ष्य ललितपुरले ९ बल अगाडी ४ विकेट गुमाउँदै पुरा गर्यो । ललितपुरको सहज जितमा भरत इन्द्रले ४२, आदिल खान ३३ र विवेक […]

March 8, 2019

ज्ञानेन्द्र मल्ल बिना नै काठमाडौंको फराकिलो जित

काठमाडौं -(हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटको प्रदेश ३ छनोटमा काठमाडौं जिल्लाले नुवाकोटमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ । शुक्रबार विहान टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा १ सय ४ रनको लक्ष्य काठमाडौंले मात्र ११.१ ओभरमा १ विकेटको क्षतिमा १ सय ५ रन बनायो । काठमाडौंको जितमा भुपेन्द्र थापाले ३६ बलमा […]

March 8, 2019

भारतद्वारा पाकिस्तानको पीएसएल निमन्त्रणा अस्वीकार

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पाकिस्तान प्रिमियर लिग (पिएसएल) को फाइनल खेल हेर्न निमन्त्रणा पठाएको छ । पीसीवीका अध्यक्ष एहसान मनिले बिहीबार बीसीसीआईलाई मार्च १७ मा हुने पीएसएल फाइनल उपस्थित हुन निमन्त्रणा पठाएको इन्डिया टिभीले जनाएको छ । पछिल्लो तीन हप्ता यता भारत र पाकिस्तानबीच जम्मु कश्मीरको पुलवामामा […]

March 8, 2019

भारतलाई ओपनर शिखर धवनको चिन्ता !

एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज अन्तर्गत भारतले तेस्रो खेल शुक्रबार खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी राँचीमा सुरु हुने छ । सिरिजमा भारतले २-० को अग्रता लिएको छ । तेस्रो खेल जितेको खण्डमा भारतले दुई खेल अगावै सिरीज ३-० ले जित्ने छ । भारत पनि यहि सोचका साथ मैदान […]

March 7, 2019

‘अष्ट्रेलियाले विश्वकप जित्न सक्छ’ – वार्न

एजेन्सी – अष्ट्रेलियाका पूर्व खेलाडी शेन वार्नले मे ३० देखी जुल १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसिय विश्वकप क्रिकेट अष्ट्रेलियाले जित्न सक्ने बताएका छन् । फक्स स्पोर्ट्ससँग कुरा गर्दै वार्नले भनेका छन्,’स्टिभ स्मिथ र डेविड वार्नरको एक सालको प्रतिबन्धका कारण अस्ट्रेलियाले खराब प्रर्दशन गरिरहेको छ । तर यी दुई खेलाडी टिममा […]

March 7, 2019

ज्ञानेन्द्रले आठौंको छनोट खेल गुमाउने, फाइनलको लागि योग्य

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रदेशस्तरीय छनोट चरणका ४ खेल गुमाउने भएका छन् । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् । यसै महिना सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) का दौरान ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा […]

March 7, 2019

सोमपालले अमेरिकामा क्रिकेट खेल्ने

सुरज भण्डारी, अमेरिका अमेरिका टेक्सस राज्यको ह्युष्टनमा हुने टु एक्स त्रिकेट युएसए कप प्रतियोगितामा नेपाली राइनोज क्रिकेट क्लबले सहभागिता जनाउने भएको छ । राइनोज सन् २०१६ मा भएको सो प्रतियोगिताको विजेता क्लब समेत हो । अमेरिका तथा अमेरिका बाहिर रहेका विभिन्न व्यवसायिक क्लबको सहभागिता रहने प्रतियोगिता मार्च २० देखि २४ सम्म संचालन हुनेछ । प्रतियोगिता […]

March 7, 2019

सन्दीपको दिल्लीले पहिलो आईपीएल उपाधि जित्ने ४ आधार

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । ८ फ्रेन्चाइच टोली रहेको प्रतियोगितामा होम अवे मैदानमा गरि हरेक टिम एक अर्कासँग २ पटक भिड्नेछन् । डवल राउण्ड रोविनपछि शिर्ष चार टोली प्ले अफमा पुग्ने छन् । दिल्ली क्यापिटल्स आईपीएलको सबैभन्दा असफल फ्रेन्चाइज टोलीमा गनिन्छ । […]

Success

Thank you for your time.