default_image

क्रिकेट

July 23, 2019

नेपाललाई अर्को झट्का, कप्तान पारस घाइते!

सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी टि-२ विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा कतारविरुद्ध घाइते भएपछि दोस्रो खेलमा नखेल्ने सम्भावना रहेको छ । पहिलो खेलमा कतारसँग पराजित नेपाललाई अर्को झट्का लागेको हो । कतारविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको साझेदारीमा राम्रो सुरुवात पाएको […]

July 23, 2019

कतारसँग नेपालको अप्रत्याशित हार

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । कतारले उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको हो । यो हारले भने नेपाललाई ठूलो धक्का दिएको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा […]

July 23, 2019

चलेन नेपालको ब्याटिङ, कतारलाई सामान्य लक्ष्य

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको […]

July 23, 2019

पारस र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी

सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि कीर्तिमानी साझेदारी गरेका छन् । मंगलबार आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा कतारसँग ४९ रनको साझेदारी गर्दै पहिलो विकेटको लागि उच्च साझेदारी गरेका हुन् । यसअघि नेपालले टी २० खेलमा पहिलो विकेटका लागि […]

July 23, 2019

विश्वकप छनोट : टस केहि ढिला हुने

सिंगापुर (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोटको पहिलो खेलमा कतारको सामना गर्दैछ । प्रतिकुल मौसमका कारण पिचमा समस्या देखिएपछि टस निर्धारित समयभन्दा ३० मिनेट ढिला हुने भएको छ । अघिल्लो दिन खेलाइएको पिचमा नै दोस्रो दिनको खेल पनि हुने सम्भावना रहेको छ । दोस्रो दिन खेल्न तयार गरिएको पिचमा […]

July 22, 2019

श्रीलंकामा पहिलो मैत्रीपूर्ण खेलमा नेक्सस पराजित

नेगम्बो (हाम्रो खेलकुद) – नेपाल बाईलेटरल सिरिज खेल्न श्रीलंका पुगेको नेक्सस क्रिकेट एकेडेमी (एनसीए) पहिलो मैत्रीपूर्ण खेलमा सेन्ट सेबस्टेन्स स्कुल तथा क्रिकेट एकेडेमीसँग ५६ रनले पराजित भएको छ । बासुलीका क्रिकेट एकेडेमीको निमन्त्रणामा श्रीलंका पुगेको एनसीए बासुलीका क्रिकेट एकेडेमी ५० ओभरको ३ दिने श्रीलंका (नेपाल बाईलेटरल सिरिज खेल्नु अघि श्रीलंकाका बिभिन्न प्रतिष्ठित स्कुल तथा एकेडेमीहरू […]

July 22, 2019

‘प्लेइङ ११ छान्न निकै कठिन छ ‘ – कप्तान पारस

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टोलीको प्लेइङ ११ छान्न सहज नभएको बताएका छन् । आईसीसी टी२० एसिया विश्वकप छनोटमा कतारसँग खेल्नुअघि हाम्रोखेलकुदसँग कुरा गर्दै पारसले टोलीमा देखिएको तीब्र प्रतिस्पर्धाले प्लेइङ ११ छान्न सहज नभएको बताएका हुन् । ‘मैदानको साइज र वातावरण हेर्दा कसलाई खेलाउने भन्नेबारे विहान मैदान आएपछि सल्लाह […]

July 22, 2019

विश्वकप छनोट : बलियो नेपाललाई कतारको चुनौती

सिंगापुर (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोटको पहिलो खेल मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ७:१५ पछि सुरु हुनेछ । नेपाल कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्न चाहान्छ । उपाधिको एक्लो दाबेदारका रुपमा हेरिएको नेपालले कतारलाई सहजै हराउन सक्ने अनुमान गरिएको छ । कतार […]

July 22, 2019

नेपाललाई निराश बनाउन सक्ने कतारका ३ स्टार

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी एसिया विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार ७:१५ पछि सुरु हुने छ । कतारले पहिलो खेलमा सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । कतारमाथि सहज जित निकाल्दै नेपाल भने विजयी सुरुवात गर्न चाहन्छ । कतारलाई अघिल्लो चरणको आसा […]

July 22, 2019

आयोजक सिंगापुर र मलेसियाको विजयी सुरुवात

सिंगापुर (हाम्रोखेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको पहिलो दिन आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् । सिंगापुरले कतारलाई ३३ रन र मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् । पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ […]

Success

Thank you for your time.