default_image

क्रिकेट

October 24, 2019

उपाधि जित्न काठमाडौंलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई १ सय १३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनायो । कप्तान इन्दु बर्मा १९ बलमा ४ चौका २२ र प्यारी चाधरी ३ रनमा अविजित […]

October 24, 2019

मैत्रीपूर्ण टि-१० मा डब्लूसीएल-११ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग(डब्लूसीएल) को फाइनल अघि मैत्रीपूर्ण टि-१० खेलमा डब्लूसिएल ११ ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) लाई ७ विकेटले पराजित गरेको छ । बिहिबार टीयू क्रिकेट मैदानमा टस जितेर एनएसजेएफ ब्याटिङ गर्दै १० ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाएको थियो । पत्रकारका लागि ओपनर एपी वनका विभु श्रेष्ठले सर्वाधिक […]

October 24, 2019

पारसपछि कप्तानका दावेदार ४ खेलाडी

भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटमा पछिल्लो सातायता नयाँ तरङ्ग आएको छ । अन्तर्राष्ट्रिय क्रकेट परिषद (आईसीसी) ले तीन वर्ष सम्म लगाएको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै एक दशक सफल कप्तानको रुपमा राज गरेका पारस खड्काले कप्तानबाट राजीनामा दिए । धेरैले नयाँ क्यान नेतृत्व र पारसबीच तिक्तता रहेको शंका […]

October 23, 2019

नवनियुक्त अध्यक्ष गांगुलीको निर्णयले धोनीलाई सहज

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीले भारत क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष पदको कार्यभार सम्हालेका छन् । अध्यक्ष पदमा सर्वसम्मत चुनिएका गांगुलीले बुधबार देखी बीसीसीआईको कार्यभार औपचारिक रुपमा सम्हालेका हुन् । गांगुली बीसीसीआईका ३९ औं अध्यक्ष हुन् । गांगुलीले भारतीय क्रिकेटमा सर्वाधिक सफल कप्तान मध्यका एक विकेटकीपर महेन्द्र सिंह धोनीको बारे […]

October 23, 2019

यस्तो छ धुर्मुस–सुन्तलीले बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

चितवन (हाम्रो खेलकुद) – हाँस्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीको फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) सार्वजनिक भएको छ । बुधबार फाउन्डेसनले भरतपुर महानगरपालिकामा एक कार्यक्रम गर्दै डीपीआर सार्वजानिक गरेको हो । रंगशाला स्वरुप कमलको फुलसँगै नेपालीपन झल्कने गरि आधुनिक तवरको हुने छ । रंगशालाको प्रवेश द्वारमा गौतम बुद्धको शालिक निर्माण […]

October 23, 2019

डब्लूसीएल फाइनल : अपराजित चितवनलाई काठमाडौंको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा नै पहिलो पटक आयोजना भएको महिला फ्रेन्चाइज क्रिकेट लिग, वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) को फाइनल खेल बिहीबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुँदैछ । उपाधि भिडन्तमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको क्याट क्विन्स काठमाडौं र इन्दु वर्माले नेतृत्व गरिरहेको चितवन राइनोज आमनेसामने हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा पनि […]

October 23, 2019

दिल्लीले रिलिज गर्न सक्ने ५ स्टार खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको फ्रेन्चाइज टि२० प्रतियोगिता हो । आईपीएलको १३ औं संस्करण अर्थात २०२० को लागि अक्सन आगमी पौष ३ मा कोलकत्तामा हुँदैछ । गत सिजन देखि हरेक फ्रेन्चाइज टोलीले खेलाडी साटफेर गर्न पाउने प्रावधान रहेको छ । अक्सनअघि आईपीएलका ८ फ्रेन्चाइज टोलीले कुन खेलाडीलाई […]

October 22, 2019

कर्पोरेट सुपर सिक्सेसको प्रमुख प्रायोजकमा माछापुच्छ्रे बैंक

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको कर्पोरेट सुपर सिक्सको प्रमुख प्रायोजक माछापुच्छ्रे बैंकले गर्ने भएको छ । आयोजक एसएस इभेन्टस म्यानेजमेन्टले काठमाडौंमा आज एक पत्रकार सम्मेलन गरि सम्झौंता बारे जानकारी गराएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्टसकाका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् । […]

October 22, 2019

रुविनाको कप्तानी प्रर्दशनसँगै काठमाडौं फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलबासीको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार क्वालिफायरमा विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौंले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो । चितवन राउण्ड रोविनमा चार खेलमा चारमै जित निकाल्दै सोझै फाइनलमा स्थान बनाएको थियो । […]

October 22, 2019

रुविनाको उत्कृष्ट प्रर्दशनसँगै विराटनगर सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलबासीले अविश्वसनिय बलिङ गरेपछि वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को क्वालिफायर खेलमा विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरल १७.३ ओभरमा अल आउट हुँदै ६८ रनमा समेटियो । एक सयम ६.५ ओभरमा ४४-० को अवस्थामा रहेको विराटनगर ६८ […]

Success

Thank you for your time.