default_image

क्रिकेट

December 24, 2019

बाबर र रोहन चम्कँदा काठमाडौंलाई विशाल लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – हङकङका बाबर हायत र यूएईका अलराउन्डर रोहन मुस्तफाको अर्धशतकमा चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) अन्तगर्त लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई १ सय ६८ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो […]

December 24, 2019

पारस विरुद्ध ज्ञानेन्द्र : एकै खेलमा पाँच टोलीको भविष्य

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) मा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल ११:३० बाट पोखरा रंगशालामा सुरु हुनेछ । पारस खड्का कप्तान रहेको चितवन र ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं दुवैलाई आजको खेल महत्त्वपूर्ण छ । यी दुई टोलीको नतिजा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीलाई […]

December 24, 2019

यो त सुरुवात हो..

भूपेन्द्र जिसी, पोखरा गत महिना मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका क्रममा नेपालको यू-१९ क्रिकेट टोलीसँग मैत्रीपूर्ण एकदिवसीय खेल खेल्यो । जितका लागि ३ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीले २ सय ९६ रन जोड्यो र ९ विकेटको क्षतिमा पूरै ५० ओभर ब्याटिङ गर्यो । उक्त खेलमा नेपालका लागि ओपनर लोकेश बमले […]

December 24, 2019

बुमराहको पुनरागमन, रोहितलाई विश्राम

एजेन्सी – भारतले घरेलु मैदानमा हुने श्रीलंकासँगको तीन टि ट्वान्टी तथा अष्ट्रेलियासँगको तीन एक दिवसिय खेलको सिरिजका लागि टोली घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा घोषणा भएको टोलीमा तीब्र गतिका बलर जसप्रित बुमराह र ओपनर शिखर धवनले टोलीमा पुनरागमन गरेका छन् । शिखर धवन सैद मुस्तफा अली ट्रर्फीको क्रममा घाइते भएका थिए । त्यस्तै […]

December 24, 2019

बिएमडब्लू कपः हिम, नार्रे र द हिमालयन क्रिकेट क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा जारी बिएमडब्लू कप टि ट्वान्टी प्रतियोगिता अन्तर्गत तेस्रो आइतबार भएको खेलमा हिम अष्ट्रेलिया क्रिकेट क्लब, नार्रे किंग्स र द हिमालयन क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा हिम क्रिकेट क्लबले एक्स्पर्ट क्रिकेट क्लबलाई ४० रनले हरायो । टस जितेर ब्याटिङ थालेको हिमले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय […]

December 24, 2019

विश्व क्रिकेटमा नेपालले बनाएका ९ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर अन्जली चन्दले विश्व क्रिकेटमा नयाँ कीर्तिमान रचिन् । जुन अब कुनैपनि बलरलाई तोडिन असम्भव जस्तै देखिन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध पोखरामा ह्याट्रिक सहित २.१ ओभरमा कुनै रन नदिइ ६ विकेट […]

December 23, 2019

चार शतकमा पाकिस्तानको फराकिलो जित

एजेन्सी – घरेलु टोली पाकिस्तानले श्रीलंकासँगको दुई टेष्ट सिरिज १-० ले जितेको छ । दोस्रो टेष्टमा श्रीलंकालाई २ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले टेष्ट सिरिज जितेको हो । जितेका लागि ४ सय ७६ रनको पक्ष्याएको श्रीलंका पाँचौ दिन ६२.५ ओभरमा २ सय १२ रनमा अल आउट भएपछि फराकिलो अन्तरले पराजित भएको हो […]

December 23, 2019

फ्रेन्चाइज टोली व्यवस्थापनप्रति शरदको असन्तुष्टि

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता पोखरा पल्टन यसपटक पोखरा प्रिमियर लिग (पीपीएल) मा भने समूह चरणबाट नै बाहिरिएको छ । धनगढीविरुद्ध हारसँगै पोखरा लगातार चौथो हार बेहोर्दै बाहिरिएको हो । खेलपछि बोल्दै पोखराका कप्तान शरद भेषावकरले टोलीको व्यवस्थापनमा कमजोरीका कारण टोलीको प्रदर्शनमा असर परेको बताए । उनले पहिलो खेल जितेपनि त्यसपछिका खेलमा भने टोलीले […]

December 23, 2019

साविक विजेता पोखरा लिग चरणबाटै बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – लगातार चौथो हारसँगै शरद भेषावकर कप्तान रहेको साविक विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को लिग चरणबाटै बाहिरिएको छ । सोमबार एक्स्पर्ट धनगढी ब्लुजसँग ५ विकेटले पराजित हुँदै लिग चरण बाहिरिने पोखरा पहिलो टोली बनेको हो । जितका लागि ८० रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले ९.१ ओभरमा ५ […]

December 23, 2019

साविक विजेता पोखरा ७९ रनमा अलआउट!

पोखरा (हाम्रो खेलकुल) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले लिग चरणको अन्तिम खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई ८० रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रनमा अल आउट भएको हो । धनगढीको कसिलो बलिङ र चुस्त फिल्डीङसामु […]

Success

Thank you for your time.