January 23, 2020
एजेन्सी – पाकिस्तानसँगको तीन टि ट्वान्टी, दुई टेष्ट र एक ओडीआई सिरिज लागि बंगलादेशको क्रिकेट टोली पाकिस्तान पुगेको छ । बंगलादेश बुधबार राती पाकिस्तानको लाहोर पुगेको थियो । १२ वर्षपछि पाकिस्तान पुगेको बंगलादेशको टोलीलाई कडा सुरक्षा दिएको छ । बंगलादेश टोली बसेको होटल, सडक र मैदानमा कडा सुरक्षा दिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । […]
January 23, 2020
एजेन्सी – नेपालले सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि सोझैं ग्लोबल छनोटमा पुगेको छ । यसअघिको जसरी नेपालले अब एसिया रिजन बी र एसिया टि ट्वान्टी क्वालिफयार खेल्नु पर्ने छैन । अन्तर्राष्टिय क्रिकेट परिषद(आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपाल सहित जिम्बावे, हङकङ र […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले मलेसिया छनोट-११ लाई तेस्रो एक दिवसिय अभ्यास खेलमा ५ विकेटले पराजित गरेको छ । मलेसिया छनोट ११ ले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य क्यानले २३.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । क्यानको सहज जितमा रोहित […]
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भारतको टिकमगढमा जारी अंमर सहिद अन्तराष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली राइजिङ क्रिकेट फर वुमेन (आरसीडब्लू) क्लव सेमिफाइनलमा पुगेको छ । बुधबार राजस्थानलाई ४४ रनले हराउँदै समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आरसीडब्लूले सेमिफाइनमा विहीबार दिल्लीसँग खेल्ने छ । टस हारेर ब्याटिङ थालेका आरसीडब्लूले निर्धारित २० ओभरमा ९ […]
January 22, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले तेस्रो हार बेहोरेको छ । बुधबार मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित भएको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मेलबर्न स्टार्सको लागि कप्तान […]
January 22, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रन जोडे […]
January 22, 2020
एजेन्सी – ओमानले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकासँग हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्यी टोलीको बुधबार घोषणा गरेको छ । माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि जिशान मकसूदको कप्तानीमा टोली घोषणा गरिएको हो । डिसेम्बरमा यूएई र नामिबियासँगको त्रिकोणात्मक सिरिज खेलेको टोलीलाई नै ओमानले […]
January 21, 2020
भुपेन्द्र जिसी, काठमाडौं लेग स्पिनर सन्दीप लामिछानेले छोटो समयमै विश्व क्रिकेटमा राम्रो प्रभाव जमाएका छन् । एसोसियट युवा स्टारको छवि बनाएका सन्दीप नेपाली क्रिकेटमा ऐतिहासिक सफलता नजिक छन् । अष्ट्रेलियामा जारी बिग ब्यास मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप टि ट्वान्टी क्रिकेटमा एक सय विकेटको आँकडा नजिक छन् । मेलबर्न स्टार्सले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्ने छ । […]
January 21, 2020
एजेन्सी – दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तर्गत मंगलबारको खेलमा भारत र बंगलादेशले सहज जित निकालेका छन् । समुह ए को पहिलो खेलमा भारतले जापानलाई १० विकेटले हरायो । जापानले प्रस्तुत गरेको ४२ रनको सामान्य लक्ष्य भारतले ४.५ ओभरमा पुरा गर्यो । ओपनर कुमार कुशग्रा १३ र यशस्वी जैसवाल २९ रनमा अविजित रहे । […]
January 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले दोस्रो एक दिवसिय अभ्यास खेलमा मलेसिया छनोट-११ लाई १ सय ७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । क्यान-११ ले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८.४ ओभरमा अल आउट हुँदै १ सय २० रनमा समेटियो । उसका ओपनर भुषण सेभले २४, […]