default_image

क्रिकेट

January 31, 2020

सन्दीप विनाको मेलबर्न क्वालिफायरमा पराजित

एजेन्सी – बिग ब्यास लिग अन्तर्गत शुक्रबार भएको क्वालिफायर खेलमा मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग ४३ रनले पराजित भएको छ । नेपाली स्पिनर सन्दीप लामिछानेको अनुपस्थितिमा स्टार्सले क्वालिफायरमा एकमात्र विदेशी खेलाडीका रुपमा पाकिस्तानी बलर हरीस रउफलाई खेलाएको थियो । जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्न १८ ओभरमा मात्र ९९ रन जोड्दै अलआउट […]

January 31, 2020

भारत सुपर ओभरमा विजयी

एजेन्सी – पाहुना टोली भारतले लगातार दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गरेको छ । नियमित २०-२० ओभरको खेल टाई भएपछि न्युजिल्याण्डले सुपर ओभरमा प्रस्तुत गरेको १४ रनको लक्ष्य भारतले पछ्याएको थियो । त्यसअघि भारतले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड पुन: एक पटक फिनिसिङमा चुकेको थियो । अन्तिम […]

January 31, 2020

‘अब नेपालमा भेटौंला’- क्रिस गेल

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका विष्फोटक ओपनर ब्याट्सम्यान क्रिस गेलले चाडैं नेपालमा भेट्ने बताएका छन् । क्रिस गेलले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्दैछन् । नेपाली फ्रेन्चाइज लिगमा गेल हालसम्मकै ठूला नाम गरेका खेलाडी हुन् । विहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै पोखरा राइनोजले गेल आइकनिक प्लेयर रहेको सार्वजनिक गरेको छ । […]

January 31, 2020

मनिषको अर्धशतकमा भारतको मध्यम योगफल

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान मनिष पाण्डेको अर्धशतकमा चौथो टि ट्वान्टी खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।   शुक्रबार स्काई स्टेडियम वेलिंग्टनमन टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । प्रमुख ब्याट्सम्यान रोहित शर्मालाई आराम दिएको भारतले खराब सुरुवात गरेपनि तल्लोक्रममा मनिष […]

January 31, 2020

डेब्युको प्रतिक्षामा कमल

काठमाडौं (हाम्रो खेलकुद) – उमेर समुह र घरेलु प्रतियोगितामा निरन्तर औसत प्रर्दशन गर्दै आएका तीब्र गतिका बलर कमल सिंह ऐरी पहिलो पटक सिनियर टोलीमा परेका छन् । घरेलु मैदान कीर्तिपुरमा माघ २२ देखि २९ सम्म ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक ओडीआई सिरिजको लागि गत साता घोषित अन्तिम १४ सदस्यीय टोलीमा कमलले पहिलो पटक मौका पाएका […]

January 31, 2020

रकीबुलको घातक बलिङमा बंगलादेश सेमिफाइनलमा

एजेन्सी – बायाँ हाते स्पिनर रकीबुल हसनले उत्कृष्ट बलिङ गरेपछि बंगलादेश दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले घरेलु टोली दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । बंगलादेशले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका ४२.३ […]

January 30, 2020

बाँदरले कोपरेपछि अष्ट्रेलियन खेलाडी घर फर्किए

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको क्रममा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान ज्याक फ्रेज़र-म्याक गुर्क बादरले अनुहारमा कोपारेपछि घर फर्किएका छन् । गत बिहीबार अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ विकेटले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेपछि टोलीसँगै किमबर्लीमा रहेको एक पार्कमा घुम्न गएका थिए । जसक्रममा बाँदरले उनको अनुहारमा कोपारेको थियो । परिवार र डाक्टारको सल्लाह अनुसार उनी घाइते […]

January 30, 2020

सिपिएलको उद्घाटन खेल- भरतपुर गुर्खाजविरुद्ध इच्छाकामना

विनोदबाबु रिजाल , चितवन पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लीग (सिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबार सुरु हुँदैछ । सिपिएलको सबै तयारी पूरा भएको आयोजक नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सले जनाएको छ । प्रतियोगिताको ट्रफी बिहीबार अपराह्न नारायणी नदी किनारमा सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी पाँच वटै टिमका कप्तान संघर्ष पौडेल (भरतपुर गुर्खाज), सन्तोष न्यौपाने […]

January 30, 2020

क्रिस गेलले पोखराबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन्। पोखराले बिहीबार राजधानीमा पत्रकार सम्मेनलमार्फत गेलका बारेमा जानकारी गराएको हो । वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ […]

January 30, 2020

अलराउन्डर सोमपालको नयाँ इनिङ्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । सोमपाल कामीले प्रतिभा घिमिरेसँग पशुपतिमा लगनगाँठो कसेका हुन् । सोमपाल र प्रतिभाले चारवर्ष देखीको प्रेम सम्बन्धलाई बिहीबार  विवाह बन्धनमा परिणत गरेका छन् । सोमपाल र प्रतिभा २०१५ देखी प्रेम सम्बन्धमा रहँदै आएका थिए । सोमपाल २०१५ को […]

Success

Thank you for your time.