default_image

क्रिकेट

February 4, 2020

भारतलाई ठूलो झट्का!

एजेन्सी – न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका प्रमुख ब्याट्सम्यान तथा ओपनर रोहित शर्माले न्युजिल्यान्डको बाँकी भ्रमण गुमाउने भएका छन् । खट्टाको पेडुलामा समस्या आएपछि उनले तीन ओडीआई र दुई टेष्ट सिरिजबाट बाहिरिएका हुन् । रोहित आईतबार न्युजिल्यान्डसँगको पाँचौ टि ट्वान्टी खेलमा ४१ बलमा ३ चौका र ३ छक्का […]

February 3, 2020

भारतलाई लगातार आईसीसीको कारवाही

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीलाई लगातार दोस्रो खेलमा गल्ति गरेपछि पुन: कारवाही गरेको छ । आईतबार सम्पन्न पाँचौ तथा अन्तिम खेलमा ‘स्लो ओभर रेट’ को कारण भारतलाई २० प्रतिशत रकम जरिवना लगाएको आईसीसीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । त्यसअघि भारतलाई शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा […]

February 3, 2020

भरतपुरको जित, सौराहा फेरि पराजित

विनोद बाबु रिजाल,भरतपुर नारायणगढको क्याम्पाचौरमा जारी पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिगमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजले फराकिलो जित हात पारेको छ । प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा भरतपुरले माडीलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भरतपुरले दिएको १ सय ६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको माडी १४ ओभर २ […]

February 3, 2020

पटवालको ४ महिनाको पारिश्रमिक राखेपको खातामै !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालको ४ महिनादेखिको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खातामा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पटवालको ४ महिनाको पारिश्रमिक एकमुष्ट रुपमा राखेपको खातामा पठाएको छ । तर, चर्को कर लाग्ने भएपछि पटवालले अहिले सम्म पारिश्रमिक नबुझेको अनुमान गरिएको छ । आइसिसीले पहिलो पटक पटवालको […]

February 3, 2020

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट पटवालको राजिनामा !

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय उमेश पटवालले राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पदबाट राजिनामा दिएका छन् । यसै साता सुरु अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज पछि लागु हुने गरि पटवालले राजिनामा दिइएको श्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई गत वर्ष राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । उनको […]

February 3, 2020

पारस र सन्दीप खस्किए, करणको वरीयता सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियतामा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खस्कँदा तीब्र गतिका बलर करण केसीले सुधार गरेका छन् । आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियतामा पारस ब्याटिङतर्फ खस्किएर ६२ औं स्थानमा पुगेका छन् । बलिङतर्फ सन्दीप पनि खस्किदै ८५ औं स्थानमा पुगेका […]

February 3, 2020

‘नेपाली युवा खेलाडीलाई ज्ञान बाँड्न उत्सुक छु’ – थरंगा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्वकप्तान तथा विकेटकिपर उपुल थरंगाले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आफुमा भएको क्रिकेट ज्ञान नेपाली युवा क्रिकेटरलाई बाँड्न तयार रहेको बताएका छन् । ज्ञानेन्द्र मल्ल कप्तान रहेको साविक विजेता ललितपुर प्याट्रीयट्समा अनुबन्ध भएपछि थरंगाले यस्तो बताएका हुन् । ‘२०२० इपिएलमा ललितपुर परिवारको एक सदस्य हुन पाएकोमा गौरव महसुस गरेको छु […]

February 3, 2020

नेपालका लागि खतरा बन्न सक्ने पाँच अमेरिकी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुर क्रिकेट मैदानमा बुधबारदेखि त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । तीनै टोलीले आ-आफ्नो तयारी सकाएका छन् । अमेरिका मुम्बईमा तीन एक दिवसिय अभ्यास सकाएर आईतबार नेपाल आएको छ । अमेरिका आईसीसी विश्वकप लिग २ मा ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्षस्थानमा छ […]

February 2, 2020

राप्ती र इच्छाकामना विजयी

चितवन(हाम्रो खेलकुद)-  सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा राप्ती ¥यापिडस र इच्छाकामना वारीयर्स विजयी भएका छन् । नारायणगढको क्याम्पाचौरमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा राप्ती ¥यापिडसले भरतपुर गुर्खाजलाई ५६ रनले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको राप्तीले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो […]

February 2, 2020

सन्दीपले हरेक विकेटको ८ हजार ८ सय ४८ रंगशालालाई सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् । सन्दीपले आइतबार सामजिक सञ्जाल मार्फत आफुले धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको उक्त रंगशालालाई हरेक विकेटको  ८ हजार ८ सय ४८ रुपैयाँका दरले सहयोग गर्ने छन् । सन्दीपले बुधबार देखी अमेरिका र ओमानसँग हुने एक […]

Success

Thank you for your time.