August 19, 2020
एजेन्सी – सुनिल नारायणको अलराउन्ड प्रर्दशनमा ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो खेलमा विजयी सुरुवात गरेको छ । राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । ब्रायन लारा स्टेडियम ट्रीनिडाडमा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो […]
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंह राजपूतले कोरोना भाइरसलाई जितेका छन् । आइतबार दोस्रो पिसिआर टेस्ट भएको उनको मंगलबार रिपोर्ट नेगेटिभ आएको हो । कुन्दन आज नै जनकपुर अञ्चल अस्पतालबाट ११ बजे डिस्चार्ज भएर घर महोत्तरीको जलेश्वर फर्किएको हाम्रो खेलकुदलाई जानकारी दिए । कुन्दनले पछिल्लो समय आफ्नो अवस्था पनि […]
August 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० मा प्रमुख प्रायोजनको अधिकार अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम ११ ले पाएको छ । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले २०२० को प्रमुख प्रायोजक ड्रिम ११ ले जितेको बताएका छन् । ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा प्रमुख प्रायोजकको अधिकार पाएको हो । जसको सम्झौता अगष्ट […]
August 18, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० आजदेखि ट्रिनिडाड एण्ड टोबेगोमा सुरु हुँदैछ । सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स, बार्बाडोस ट्राइडेन्ट्स, गुयाना एमेजन वारियर्स, सेन्ट लुसिया जुक्स, जमैका तलावाज र ट्रीनबेगो नाइट राइडर्सबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् । नेपाली लेग […]
August 18, 2020
एजेन्सी – लगाचार पाँचौ दिनसम्मनै वर्षा बाधक बनेको इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । यो सँगै तीन टेष्ट सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो । पाँचौ दिन इंग्ल्यान्डले पहिलो इनिङमा ४३.१ ओभरमा १ सय १० रन बनाउन ४ विकेट गुमाएको अवस्थामा बराबरी […]
August 17, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौं संस्करण आगमी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म हुँदैछ । जुन कोरोना महामारीपछि पहिलो टि२० फ्रेन्चाइज लिग हो । यस फ्रेन्चाइज लिगसँगै समर्थकमा एक उत्साह र रोमाञ्च फर्किने छ । खेलाडी पनि सिपिएल खेल्न आतुर छन् । यस पटकको सिपिएल दर्शक विनाको खाली रंगशालामा हुनेछ । अधिकांश […]
August 17, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौं संस्करण मंगलबारदेखि सुरु हुँदै छ । कोरोना महामारीपछि हुने पहिलो टि२० फ्रेन्चाइज लिग खेल्न खेलाडी र समर्थक हेर्न आतुर छन् । सिपिएल लगत्तै इन्डियन प्रिमियर लिग (आइपिएल) यूएईमा हुने हुँदा सबै खेलाडी आफ्नो उत्कृष्ट प्रर्दशन दिन प्रयास गर्ने छन् । सिपिएलको प्रर्दशनले आइपिएलमा टोलीमा प्लेइङ ११ मा […]
August 16, 2020
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार चौथो दिन मौसम बाधक बनेपछि बराबरी हुने निश्चित जस्तै भएको छ । पहिलो र दोस्रो दिन वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेको थिएन । तेस्रो दिन बर्षाको कारण खेलनै सुरु नभई स्टम्प्स भएको थियो । चौथो दिन वर्षाको कारण मात्र १०.२ ओभर सम्भव […]
August 16, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड१९) को कारण भारतीय पूर्व ओपनर चेतन चौहानको ७३ वर्षकोे उमेरमा मृत्यु भएको छ । मिर्गौला रोगि समेत रहेका चेतनलाई गत जुलाई १२ मा कोरोना भाइरस देखिएको थियो । अस्पताल भर्ना भएका उनको आइतबार निधन भएको छ । चेतनले भारतीय क्रिकेटका पूर्व ओपनर सुनिल गावस्करसँग जोडी बाँध्दै सफल करिअर व्यतित गरेका […]
August 16, 2020
भुपेन्द्र जिसी, काठमाडौं भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको छ । विश्वकै सर्वाधिक सफल कप्तानमध्यका एक धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट आफ्नै पृथक शैलीमा सन्न्यास लिए । ‘क्याप्टेन कुल’ उपनामले परिचित धोनी मैदानभित्र र बाहिर पनि सधैं शालीन रहे । उनले सामाजिक संजालको एक पोस्टमार्फत […]