default_image

क्रिकेट

September 2, 2020

सन्दीप चम्कँदापनि जमैका पराजित

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली नेल स्पिन सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार बेहोरेको छ । जमैका ट्रीनबेगो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनायो । जमैका आन्द्रे रसेल […]

September 1, 2020

जम्पा बेंगलोरमा अनुबन्धित

एजेन्सी – अष्ट्रेलियाका लेग स्पिनर एडम जम्पालाई रोयल च्यालेन्जर्स बेंगलोर यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि टोलीमा अनुबन्ध गरेको छ । अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सनले ब्यक्तिगत कारण आइपिएल गुमाउने भएपछि बेंगलोरले जम्पालाई भित्र्याएको हो । हाल जम्पा र रिचर्ड्सन इंग्ल्यान्डविरुद्ध समान तीन ओडिआई र टि२० आई सिरिजको लागि साउथह्याप्टनमा छन् । […]

September 1, 2020

इंग्ल्यान्ड र पाकिस्तानबीच निर्णायक टि२० आज

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टि२० आई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि म्यानचेस्टरमा सुरु हुनेछ । तीन टि२० आई सिरिजको पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दोस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलई ५ विकेटले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको थियो । पाकिस्तान आजको […]

September 1, 2020

अपराजित ट्रीनबेगोविरुद्ध खेल्दै जमैका

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले अपराजित ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार आज साँझ ७ : ४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । सेमिफाइनलको यात्रा बलियो बनाउन जमैकालाई आजको खेल जित्नै पर्ने हुन्छ । यता नाइट राइडर्स […]

August 31, 2020

अष्ट्रेलियाविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा

एजेन्सी– घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध खेल्ने समान तीन २० आई र ओडिआई सिरिजको लागि ओईन मोर्गनको कप्तानीमा फरक फरक टोली घोषणा गरेको छ । सेप्टेम्बर पहिलो साता देखि सुरु हुने सिरिजमा टेष्टका कप्तान जो रुट, विकेटकिपर जस बटलर, युवा अलराउन्डर साम करन, तीव्र गतिका बलर जोफ्रा आर्चर, मार्क वुड र क्रिस वक्सले सीमित ओभरमा पूरनरागमन […]

August 31, 2020

म्याक्सवेलको उत्कृष्ट शतक

एजेन्सी – अष्ट्रेलियाका स्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेलले अभ्यास खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । साउथह्याप्टनमा भएको आरोन फिन्च ११ विरुद्ध म्याक्सवेलले प्याट कमिन्स ११ बाट एक दिवसिय अभ्यास खेलमा शतक प्रहार गरेका हुन् । कमिन्स ११ ले फिन्च ११ लाई २ विकेटले हराएको छ । जितका लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको […]

August 30, 2020

इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो । इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने […]

August 30, 2020

इंग्ल्यान्ड र पाकिस्तानबीच दोस्रो टि२० आज

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टि२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज म्यानचेस्टरमा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि सुरु हुनेछ । शुक्रबार राती भएको पहिलो खेल वर्षाको कारण नतिजाबिहिन बनेको थियो । दुवै टोलीलाई सिरिज जित्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा इंग्ल्यान्ड १६.१ […]

August 30, 2020

राशिदभन्दा सन्दीप अगाडि

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजनमा लिग चरणका १८ खेल सकिँदा नेपाली लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका छन् । ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुवैको पिच सहयोगी हुँदा स्पिनर हाबी बन्दै आएका छन् । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले भने आशा र अपेक्षा अनुसार प्रर्दशन गर्नसकेका […]

August 30, 2020

जमैकाको उत्कृष्ट जितमा सन्दीपको दुई विकेट

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको उत्कृष्ट जित निकालेको छ । जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर […]

Success

Thank you for your time.