default_image

एनपिएल

November 19, 2024

इंग्लिस बलर नाथन काठमाडौं गुर्खाजमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस बलर नाथन सावटरलाई अनुबन्ध गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले पाँचौ विदेशी खेलाडीको रुपमा नाथनलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षिय लेग स्पिनर नाथनले १ सय ४३ टि ट्वान्टी मा १ सय ५४ विकेट लिएका छन् […]

November 19, 2024

विराटनगर किङ्सको जर्सी र एन्थम सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को टोली विराटनगर किङ्सले आफ्नो जर्सी तथा एन्थम सार्वजनिक गरेको छ । मंगलवार विराटनगरले एक कार्यक्रमका बीच टोलीको जर्सी तथा एन्थम सार्वजनिक गरेको हो । विराटनगरका मार्की खेलाडी सन्दीप लामिछानेले टोलीको जर्सी सार्वजनिक गरेका हुन् । कार्यक्रममा फेस अफ विराटनगर रचना रिमाल तथा टोलीका ब्रान्ड एम्बासडर कुशल पोखरेलको […]

November 19, 2024

एसपिए सुदूरपश्चिम रोयल्सको एजुकेसन पार्टनर

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्समा एजुकेसन पार्टनरका रुपमा आबद्ध भएको छ। सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपिए र सुदूरपश्चिमबीच एक कार्यक्रमकाबीच मंगलवार सम्झौता भएको हो । सम्झौता पत्रमा सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र एसपिएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षेर गरेका थिए । […]

November 19, 2024

एनसेल एनपिएलको ‘पावरड बाई’ प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा एनसेल ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध भएको छ। एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा यो महत्वपूर्ण प्रायोजन सम्झौता भएको बताइएको छ । ब्राण्ड लजिकले यसअघि एनपिएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंक लाई अनुबन्ध गरिसकिएको छ। नेपाल क्रिकेट संघ […]

November 19, 2024

एनपिएल – लिग चरणको खेल तालिका

काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सोमवार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले जारी गरेको खेलतालिकाको लिग चरणका खेलहरु पुस १ गते सम्म हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन […]

November 18, 2024

चितवनको जर्सी, एन्थम र मस्कट सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को फ्रेन्चाइजी चितवन राइनोजले टोलीको जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेको छ । सोमवार चितवनले एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको हो । चितवनका मार्की खेलाडी कुशल मल्ल तथा भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेका हुन् । चितवनको मस्कटमा […]

November 18, 2024

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

जनकपुर (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमवार साँझ  जर्सी अनावरण  गरे। मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख […]

November 18, 2024

लुम्बिनीले १० दिनमा ७ खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको छ । क्यानले मंसिर १५ देखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म संचालन गर्नेछ । एनपिएलको लिग चरणको खेल पुष १ गतेसम्म हुनेछ । यसका लागि लिग चरणको १७ दिनमा २ […]

November 18, 2024

एनपिएलको उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुनेभएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो । उद्घाटन खेल मंसिर १५ गते मध्यान्ह १२ः१५ मा सुरु हुनेछ । लिग सुरु […]

November 18, 2024

यु १९ कप्तान पूजा फेस अफ द बोल्ट्स नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सले नेपाली यु१९ महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतोलाई फेस अफ द बोल्ट्स नियुक्त गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले सोमवार पूजालाई फेस अफ द बोल्ट्समा नियुक्त गरेको हो । पुजाको कप्तानीमा नेपाल पहिलो पटक यु १९ विश्वकपमा छनोट भएको थियो । नेपाली राष्ट्रिय क्रिकेट […]

Success

Thank you for your time.