default_image

इपिएल

September 30, 2021

शरदको छक्कासँगै भैरहवा र ललितपुरको खेल बराबर

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान शरद भेषावकरले इनिङको अन्तिम बलमा छक्का प्रहार गरेपछि एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा भैरहवा ग्ल्याडियटर्स र साविक विजेता ललितपुरबीचको खेल बराबरीमा सकिएको छ । दुवै टोलीको स्कोर बराबर भएपछि खराब प्रकाशको कारण सुपर ओभर हुन नसकेपछि १-१ अंक बाँडेका छन् । जितको लागि १ सय ७८ रनको बलियो […]

September 29, 2021

भैरहवाको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको […]

September 29, 2021

भैरहवाको बलिङसामु चलेन विराटनगरको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई ९० लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो । विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर […]

September 29, 2021

पोखरालाई ललितपुरको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार पहिलो खेलमा ललितपुर प्याट्रियटर्सले पोखरा राइनोजलाई ५२ रनको सामान्य लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनायो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्ढा ढिलो […]

September 28, 2021

इपिएलको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका परिवर्तन भएको छ । वर्षा र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले २४ घण्टा बित्न नपाउँदै दुई पटक खेल तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार स्थगित भएका खेलहरु बिहिबार र शुक्रबार हुनेछन् । इपिएलले सोमबार राती […]

September 28, 2021

काठमाडौं र पोखराबीचको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा मंगलबार हुने काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित भएको हो । सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको चौथो खेल हो । मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय […]

September 27, 2021

चितवन र भैरहवाको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारको दुवै खेल स्थगित भएको हो । दिउँसो १:३० सुरु हुनुपर्ने खेल चिसो आउटफिल्डका कारण स्थगित भएको थियो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै […]

September 27, 2021

भैरहवा र चितवनबीचको खेल ढिलो सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको छ । टियु मैदानको चिसो आउटफिल्ट (भिजेको) कारण दोस्रो खेल ढिला हुने निश्चित भएको छ । निर्धारित समय अनुसार खेल १:३० सुरु हुने कार्यक्रम थियो । त्यसका लागि […]

September 27, 2021

अफ्रिदी आज फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेर आज पाकिस्तान फर्कंदै छन् । अफ्रिदी आज चार बजे फर्कनेछन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल दुई खेल खेल्न बिहीबार नेपाल आएका थिए । अफ्रिदीले इपिएलमा दुई खेल खेल्ने कार्यक्रम रहेपनि एक खेल मात्र खेलेर फर्किनु […]

September 27, 2021

काठमाडौं र विराटनगरको खेल स्थगित!

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत सोमबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेको कारण स्थगित भएको छ । निर्धारित समय भन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेका हुन् । विहान ९:३० मा सुरु हुनुपर्ने खेलको अन्तिम निरीक्षण स्वरूप ११:४० मा […]

Success

Thank you for your time.