October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १३ औं खेल काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । भैरहवा र काठमाडौं दुबै टोलीका कप्तान, अम्पायर, इपिएल प्रमुख आमिर अख्तर, कमेन्टरको लामो समयको छलफलपछि खेल स्थगित गर्ने निर्णय लिएका हुन् । टियु मैदानमा बिहान सामान्य वर्षा भएको थियो । त्यसपछि […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेललाई जरिवना लागेको छ । कुशललाई शुक्रबार सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध स्वलो ओभर रेटको कारण १० प्रतिशत म्याच फि जरिवना लागेको छ । कुशल बाहेक प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । जितको लागि १ सय २४ रनको […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विवेक यादवको अर्धशकतमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पोखरा विवेक यादव ४५ बलमा ३ चौका […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमरजाइको सर्वोत्कृष्ट प्रदर्शनसँगै साविक विजेता ललितपुर प्याट्रियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको ललितपुरले पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि २ सय २७ रनको कीर्तिमानी विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सका शीर्षक्रममा ब्याटर दीलशान मुनाविराले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले १४ ओभरमा २ विकेट गुमाउँद १ सय ४८ रन बनाएको छ । दीलशान मुनाविरा ३३ बलमा अर्धशतक प्रहार गरे । दीलशान ३४ […]
October 1, 2021
काठमाडौं(हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको ११ औं खेलमा ललितपुर प्याट्रियटर्सले विराटनगर वारियर्सविरुद्ध सानदार सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ७० रन बनाएको छ । ललितपुरका ओपनर सान्दुन विराक्कोडी १९ बलमा ९ चौका सहित ३८ रनमा अविजित छन् । सान्दुनले […]
September 30, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर तथा काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) मा जरिवाना लागेको छ । काठमाडौंका कप्तान सन्दीपले चितवन टाइगर्सविरुद्ध खेलमा स्वलो ओभर रेटका कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको छ । सन्दीप बाहेक चितवन विरुद्ध प्लेइङ ११ मा खेलेका बाँकी १० खेलाडीलाई म्याच फि को […]
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा बिहीबार चितवन टाइगर्स विजयी हुँदा भैरहवा ग्ल्याडियटर्स र ललितपुर प्याट्रियटर्सले १–१ अंक बाँडेका छन् । दिनको पहिलो खेलमा चितवनले काठमाडौं किंग्स इलेभेनलाई ३ विकेटले पराजित गर्यो । चितवनको जितमा ब्याटिङ र बलिङ दुबैमा नेपाली खेलाडीको प्रदर्शन अब्बल रह्यो । काठमाडौंलाई १ सय ४१ रनमा […]
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान तथा बायाँ हाते ओपनर उपुल थरंगाले बिहीबार प्रहार गरेको छक्काले टियु क्रिकेट मैदानमा रहेको क्यान्टिनको झ्यालको सिसा फुटेको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट ललितपुर प्याट्रियर्सविरुद्ध खेलको क्रममा थरंगाले छक्का प्रहार गरेको बलले क्यान्टिनको झ्यालमा लागेपछि सिसा फुट्न पुगेको छ । भैरहवालाई हारबाट जोगाउन उत्कृष्ट […]