August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो । बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ […]
August 9, 2021
एजेन्सी – वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् । आगमी असोज ९ देखि टियु मैदानमा सुरु हुने प्रतियोगितामा विश्वकप विजेता ब्रेथवेट र मलिकलले इपिएल खेल्ने पक्का भएको आयोजकले जनाएको छ । आयोजकले सोमबार एक पत्रकार सम्मेलन गर्दै ब्रेथवेट र मलिक इपिएल खेल्ने […]
August 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]
July 28, 2021
भूपेन्द्र जिसी, काठमाडौं अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे । इपिएलको […]
July 27, 2021
एजेन्सी – वेस्टइन्डिज तथा विश्व क्रिकेटका सर्वाधिक सफल टि२० ब्याट्सम्यान क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने पक्का भएको छ । गतवर्ष माघमा गेललाई पोखरा राइनोजले औपचारिक रुपमै सम्झौता गरेको थियो । चैतमा हुनुपर्ने इपिएल कोरोना कारण स्थगित भएपछि गेलको सहभागिता हुने वा नहुने अनिश्चित थियो । पोखरा राइनोजका निर्देशक तथा पूर्व नेपाली […]
July 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमिय लिग (इपिएल) काठमाडौं किंग्स–११ बाटै खेल्ने भएका छन् । काठमाडौंले सन्दीपसँग औपचारिक सम्झौता गरेको छ । सन्दीप र काठमाडौंबीच यसै हप्ता औपचारिक हस्ताक्षर भएको थियो । काठमाडौंले बुधबार अनुबन्धन सार्वजनिक गरेको छ । सम्झौता पत्रमा सन्दीप र काठमाडौंका मालिक रोहित […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) कोरोना भाइरसको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । इपिएलका प्रमुख अमिर अख्तरले एक कार्यक्रम गर्दै कोरोना भाइरसको कारण स्थगित भएको जनाएका छन । इपिएल चैत १ देखि १५ गते सम्म हुँदै थियो । ‘यो कठिन निर्णय हो, हामिले सबैसँग कुरा गरेर यो निर्णय लिएका […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि भैरहवा ग्लयाडिएटर्सले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रमुख प्रशिक्षक समेत रहेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेका हुन् । पुबुदु यसपटक इपिएलमा भैरहवाको प्रमुख प्रशिक्षकमा छन् । पुबुदु आज […]
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके आइतबार नेपाल आउने भएका छन् । आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षक पुबुदु झण्डै एक महिना नेपालमा बस्ने छन् । भैरहवाका अनुसार उनी ट्यालेन्ट हन्टको लागि आइतबार बिहान नेपाल आई पुग्ने छन् । इपिएल सम्म उनी नेपालमै रहने छन् […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) को यसपटकको संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएललाई आइसिसीले मान्यता दिएको यो तेस्रो पटक हो । ‘आज यसको कन्र्फमेसन आएको हो,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘ यसको अर्थ हामीले राम्रै काम गरिरहेका छौं भन्ने हो ।’अब इपिएलले आइसिसीलाई २० हजार अमेरिकी […]