default_image

क्रिकेट विश्वकप

June 10, 2024

सन्दीपले वेस्ट इन्डिजमा विश्वकपका खेल खेल्ने !

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको छ। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको‌ खेल खेल्ने सम्भावना बढेको छ। नेपालस्थित अमेरिकी दुतावासले […]

June 10, 2024

भारतद्वारा पाकिस्तान पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि आइसीसी प्रतियोगितामा सफल रेकर्ड कायम राखेको छ । भारतले आइसीसी टि-२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तान माथि ६ रनको जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा ठुलो चोट पुर्याएको छ । पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था […]

June 9, 2024

भारत र पाकिस्तानको भिडन्त आज

एजेन्सी – आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी ८ः१५ बजे न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट रंगशालामा सुरु हुनेछ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ । अर्कोतर्फ पाकिस्तानले सुपर आठको आशा जीवित राख्न आज जित्नै पर्ने […]

June 9, 2024

अष्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो

एजेन्सी – अष्ट्रेलियाले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो । बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक […]

June 9, 2024

दक्षिण अफ्रिकाको नेदरल्याण्ड्समाथि कठिन जित

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले शनिबार नेदरल्याण्ड्समाथि कठिन जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो । १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एक समय १२-४ को अवस्थाबाट डेभिड मिलर […]

June 8, 2024

बंगलादेशसँग श्रीलंकाको हार

डालास (हाम्रो खेलकुद)- नेपाल‌ रहेको टि ट्वान्टी विश्वकपको समूहमा शुक्रबार बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ । १ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो। एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका‌ लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १ चौकासहित ४० रन […]

June 8, 2024

न्युजिल्यान्डमाथि‌ अफगानिस्तानको जित

एजेन्सी – आइसिसी टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ। शनिबार न्युयोर्कमा शुक्रबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको हो।  १ सय ६० रनको लक्ष्यसहित मैदानमा उत्रिएको न्युजिल्यान्ड १५.२ ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएको थियो। टोलीका ग्लेन फिलिप्सले १८ रन‌ बनाउनु बाहेक […]

June 8, 2024

एसोसिएट टोलीको टेस्ट राष्ट्र माथि अर्को जित

काठमाडौं (हाम्रो खेलकुद) – एसोसिएट राष्ट्र क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्ड माथि जित दर्ता गर्दै एसोसिएट राष्ट्रको आइसिसी टि-२० विश्वकप २०२४ को सहभागितामा अर्को एक नयाँ आयाम थप गरेको छ । शुक्रवार न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्ड माथि क्यानाडाले १२ रनको जित निकालेको हो । बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानमाथि सनसनीपूर्ण जित दर्ता गरेको […]

June 7, 2024

स्कटल्यान्डले नामिबियालाई हरायो

एजेन्सी – स्कटल्यान्डले आइसीसी टि२० विश्वकपको समूह चरणमा बिहीबार नामिबियालाई ५ विकेटले हराएको छ । ब्रिजटाउनमा १ सय ५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाउँदै जित निकालेको हो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन बनाए । […]

June 6, 2024

भारतको आयरल्यान्डविरुद्ध सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – भारतले जारी आईसिसी टि-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा सहज जित दर्ता गरेको छ । न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्यान्ड माथि ८ विकेटको सहज जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा […]

Success

Thank you for your time.