default_image

क्रिकेट विश्वकप

June 15, 2024

नेपाल पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै

किङ्स टाउन/सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ […]

June 14, 2024

अमेरिका विश्वकपको सुपर एटमा, पाकिस्तान बाहिरियो

एजेन्सी – अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो । उता दुवै टोलीले अंक […]

June 14, 2024

इङ्ल्यान्डसँग ओमान चौथो ओभरमै पराजित

एजेन्सी – ओमानले दिएको लक्ष्य चौथो ओभरमै पूरा गर्दै इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपमा सुपर एटमा पुग्ने सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डले शुक्रबार बिहान ओमान माथि ८ विकेटको जित दर्ता गरेको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ल्यान्डका लागि कप्तान जस बटलरले ८ बलमा […]

June 14, 2024

अफगानिस्तान विश्व कपको सुपर ‘एट’मा

एजेन्सी – अफगानिस्तान आइसिसी टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ मा पुगेको छ । ट्रिनिडाडको टरुबामा शुक्रबार भएको समूह सीको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले हराउँदै ६ अंकका साथ अफगानिस्तान समूहको शीर्षस्थानमा रहेको छ । सह आयोजक वेस्ट इन्डिज समान अंकका साथ दोस्रो स्थानमा छ । २ अंक जोडेको युगान्डा न्युजिल्यान्ड र पिएनजी समूह […]

June 14, 2024

सन्दीपसहित नेपाली क्रिकेट टोलीले अभ्यास गर्यो

प्रकाश तिमल्सिना, सेन्ट भिन्सेन्ट आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोली स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको छ। दक्षिण अफ्रिकासँग शुक्रबार स्थानीय समय अनुसार साँझ ७:३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) खेल‌ हुने मैदान आर्नस भेलमा बिहीबार साँझ ६:१५ बजेबाट अभ्यास सुरु […]

June 14, 2024

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्ट आइपुग्यो

सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार स्थानिय समय अनुसार दिउँसो ३:३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो। लगातारको‌‌ […]

June 14, 2024

बंगलादेशको नेदरल्याण्ड्सविरुद्ध जित

एजेन्सी – आईसिसी टि-२० विश्वकपमा नेपाल रहेको समूह डी मा बंगलादेशले नेदरल्याण्ड्स माथि जित दर्ता गरेको छ । बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको नेदरल्याण्ड्स जिततर्फ उन्मुख रहेको थियो । तर १५औं […]

June 13, 2024

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले […]

June 13, 2024

वर्षाका कारण क्रिकेट टोली फ्लोरिडामै रोकियो

फ्लोरिडा (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण यही रोकिएको छ। फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली‌ टोलीको‌ उडान रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा टोलीका […]

June 12, 2024

‘श्रीलंकाविरुद्ध खेलेर अंक जोड्न चाहन्थ्यौं’ – प्रशिक्षक देशाइ

फ्लोरिडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाइले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेलेर नै अंक जोड्न चाहेको बताएका छन् । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडे । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देशाइले खेलेर नै अंक जोड्ने […]

Success

Thank you for your time.