default_image

क्रिकेट विश्वकप

June 21, 2024

भारतद्वारा अफगानिस्तान सहजै पराजित

एजेन्सी – आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो । […]

June 20, 2024

इङ्ल्यान्डको सुपर एटमा सानदार सुरुवात

एजेन्सी – इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपको सुपर एट चरणमा सानदार सुरुवात गरेको छ । इङ्ल्यान्डले बिहीबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो । एक समय समूह चरणबाट बाहिरिने अवस्थामा रहेको इङ्ल्यान्डले वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर […]

June 20, 2024

दक्षिण अफ्रिकासँग अमेरिका पराजित

एजेन्सी- दक्षिण अफ्रिकाले आईसीसी टि ट्वान्टी विश्वकप को पहिलो सुपर एटको खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । हरमित सिंहले २२ बलमा […]

June 19, 2024

दीपेन्द्र आइसिसी वरियतामा थप माथि उक्लिए

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले हालै जारी गरेको टि‌ ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका छन्। यस अघि उनी नवौं स्थानमा थिए। टि‌ ट्वान्टी आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् । श्रीलंकाका वानिन्दु […]

June 18, 2024

‘टिम हार्दा कीर्तिमान व्यर्थ लाग्यो’ – सन्दीप

सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसीसी टि२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बंगलादेशविरुद्ध आफ्नो टि२०आई करिअरको १ सयौं विकेट लिए । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै करिअरमा १ सय विकेट पूरा गरे । उनले ५४ खेलमा यो उपलब्धि पूरा गरे । उनी ५३ खेलमा १ सय विकेट लिएका […]

June 18, 2024

फर्गुसनको अविश्वसनीय बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर लोकी फर्गुसनको सानदार बलिङ प्रदर्शनमा न्युजिल्यान्डले आइसीसी टि२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पिएनजीलाई १९.४ ओभरमा ७८ रनमा अलआउट गर्यो । न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी […]

June 17, 2024

नेपाली क्रिकेट टोली फर्कदै

सन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ। सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले जानकारी दिए। हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ। विश्व कप […]

June 17, 2024

टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ समीकरण पूरा

एजेन्सी- वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को सुपर एटमा मा पुग्ने सबै टोलीको छिनोफानो भइसकेको छ । सुपर एट को ग्रुप -१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इङ्ल्यान्ड , वेस्ट इण्डिज र दक्षिण अफ्रिका परेका छन् । दुवै सह आयोजक सुपर एटमा‌ पुगेका छन्। […]

June 17, 2024

नेपाल बंगलादेशसँग पराजित

किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नेपाल बंगलादेशसँग आइतबार २१ रनले पराजित भएको हो । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको […]

June 17, 2024

बंगलादेशविरुद्ध जितका लागि नेपाललाई १ सय ७ रनको लक्ष्य

किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेश विरुद्ध १ सय ७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो । दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार […]

Success

Thank you for your time.