default_image

एसिया कप

July 19, 2024

एसिया कपमा आज नेपाल र युएई खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार २:१५ बजे सुरु हुनेछ । तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका डेभलप्मेन्ट टोली विरुद्ध तीन खेल खेलेको थियो […]

July 6, 2024

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो । […]

July 6, 2024

एशिया कप तयारीका लागि नेपाली टोलीले ३ अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ मा सहभागी हुने नेपाली महिला क्रिकेट टोलीले तयारीका लागि तीन अभ्यास खेल खेल्ने भएको छ । नेपाली टोलीले श्रीलंका क्रिकेट बोर्डको विकास टोली विरुद्ध तीन खेल खेल्ने भएको हो । नेपाली महिला टोलीको श्रीलंकामा तयारीको तालिका सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले सो तीन खेलको […]

June 26, 2024

महिला एसिया कपका लागि क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ का लागि नेपाली महिला टोली घोषणा भएको छ । श्रीलंकाको दाम्बुल्लामा हुने एसिया कपका लागि १५ सदस्सिय टोली घोषणा भएको हो ।   बन्द प्रशिक्षणमा रहेका २० मध्य ५ खेलाडीलाई बाहिर भएका छन् ।  बाहिर हुनेमा तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर रुवि […]

June 25, 2024

महिला एसिया कप – उद्घाटन खेलमा नेपाल र युएई भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् । यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो […]

June 12, 2024

महिला एशिया कपको दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २०-सदस्सीय टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणका लागि सुरुवाती चरणमा परेका ८ खेलाडी टोलीबाट बाहिरिएका छन् । सुरुवातमा टोलीमा अटाएका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

September 11, 2023

भारत र पाकिस्तानबीचको खेल आज पनि

एजेन्सी – एसिया कपको सुपर फोरमा वर्षाको कारण स्थगित भारत र पाकिस्तानबीचको बाँकी खेल आज हुनेछ ।आज खेल दिउँसो नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । श्रीलंकाकाको कोलोम्बोमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार […]

August 30, 2023

कसले लिन्छ ज्ञानेन्द्रको ‘नम्बर ३’ स्पट ?

सुबास हुमागाईं, काठमाडौं नेपालले एसिया कप २०२३ मार्फत नेपाली क्रिकेट इतिहासकै नयाँ युगमा प्रवेश गर्दैछ । एक त विश्वकै शीर्ष वरीयतामा रहेको टोलीसँग प्रतिस्पर्धाका कारण नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय रचिनेछ । सँगसँगै पूर्व कप्तान एवं लामो समय नेपाली क्रिकेटको शीर्षक्रम धानेका ब्याटर ज्ञानेन्द्र मल्लको औपचारिक सन्न्याससँगै नेपाली क्रिकेट पूर्णत नयाँ युगमा प्रवेश गरेको मान्न […]

August 9, 2023

नेपाली बलरले ध्यान दिनुपर्ने कोहलीका पाँच कमजोरी

विराट कोहली वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर हुन् । नेपालले एसिया कपमा भारतसँग खेल्दा कोहलीलाई आउट गर्नु नेपाली बलर मात्र होइन समर्थकको पनि सपना हुनेछ । नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अगस्ट ३० तारिखमा पाकिस्तानसँग मुल्तानमा खेलेपछि नेपाल श्रीलंका प्रस्थान गर्नेछ । सेप्टेम्बर ४ मा नेपालले भारतको […]

Success

Thank you for your time.