default_image

breaking big news

August 23, 2024

ट्युनिसियाकी जेरामदिनीले मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा शुक्रवार जेरामदिनीलाई अनुबन्ध गरेको जनाएको‌छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जेरामदिनी आगमनले टोलीको ब्लकिङ पोजिसन शसक्त हुने विश्वास लिएको छ । ट्युनिसियाको राष्ट्रिय टोलीकी […]

August 23, 2024

रोनाल्डोले गोल गरेपनि अल नासर रोकियो

एजेन्सी – पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा‌ रोकिएको छ । सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल […]

August 22, 2024

स्वतन्त्र उडान भर्न आतुर छन् बाँधिएका कुशल

सुबास हुमागाईं, काठमाडौं नेपालको यू२० फुटबल टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा कप्तान कुशल देउवाको प्रदर्शन गजबको रहेको छ । नेपालले विहीबार समूह ए को अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेताको हैसियतले अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह चरणका दुवै खेलमा कप्तान कुशलले पूरा समय मैदानमा […]

August 22, 2024

महिला फुटबलमा इतिहास बनाउँदै एपिएफ क्लब

काठमाडौं (हाम्रो खेलकुद) – एसियामा महिला फुटबलको विकासका लागि एसियन फुटबल कन्फेडेरेसन(एएफसि) ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । पहिलो संस्करणको यस लिगमा नेपाल एपिएफ क्लबले नेपालको प्रतिनिधित्व गर्दैछ । यससँगै नेपाल एपिएफ क्लबले ईतिहास बनाउँदै छ । एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली बन्नेछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली […]

August 22, 2024

बंगलादेशविरुद्ध पाकिस्तान बलियो स्थितिमा

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोली बलियो स्थितिमा रहेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा दोस्रो दिन बिहीवारको खेल सकिदा पाहुना टोलीले ब्याटिङ सुरुवात गरेको छ । दोस्रो दिनको समाप्तीमा पाहुना टोलीले कुनै विकेट नगुमाई २७ रन जोडेको छ । टोलीका शदमान इस्लाम १२ तथा जाकिर हुसैन ११ […]

August 22, 2024

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले […]

August 22, 2024

पहिलो हाफमै नेपालको २ गोल

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल र बंगलादेश खेल्दैछन् । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको छ । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो । […]

August 21, 2024

लिग टुमा अमेरिकामाथि नेदरल्यान्ड्सको जित

एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ । आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो । यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले […]

August 21, 2024

नेपालको ओडिआई वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालको ओडिआई वरियतामा १ स्थान माथि उक्लिएको छ । क्यानडा वरियतामा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु […]

August 21, 2024

साफ यू२० : भुटानसँग माल्दिभ्स पराजित

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा‌ जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो । खेलको […]

Success

Thank you for your time.