November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेश श्रेष्ठ स्मृती यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने भएको छ । बुधवार विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा साबिक विजेता सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ७ टोलीको सहभागीता रहेको थियो […]
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले नामिबियाका अलराउन्डर जान लिफ्टी इटन चितवन राइनोजले अनुबन्ध गरेको छ । टोलीका चौथो विदेशी खेलाडी रुपमा चितवनले इटनलाई अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका […]
November 5, 2024
डालस (हाम्रो खेलकुद) – आधिहुरीको सम्भावनासँगै आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावनाछ […]
November 5, 2024
डालस, (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना धेरै बढेको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावनाछ । जसको […]
November 5, 2024
डालस, (हाम्रो खेलकुद) – सामान्य वर्षाको कारण आईसीसी विश्वकप लिग(२ मा नेपाल र स्कटल्यान्डबीचको खेल फेरि रोकिएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । आसिफ शेख ९ र कुशल भुर्तेल क्रिजमा छन् । त्यसअघि १ ओभरमा १ रन बनाउँदा […]
November 4, 2024
डालस,(हाम्रो खेलकुद) – सामान्य वर्षाको कारण आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रोकिएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १ ओभरमा २ रन बनाएको छ । तर सामान्य वर्षाको कारण पिच कभरले ढाकिएको छ । दुबै टोलीका खेलाडी डग आउटमा छन् । अम्पायर पनि मैदान बाहिर […]
November 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डसँग विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेलमा नेपाली टोलीमा २ परिवर्तन भएको छ । शनिवार अमेरिकासँग खेलेको नेपाली टिममा रहेका करण केसी र कुशल मल्ल बेन्चमा रहँदा रिजन ढकाल र ललितनारायण राजवंशीले मौका पाएका छन् । करण सिरिजबाट बाहिरिएका कारण आज खेलिरहेका छैनन् । उनको स्थानमा रिजनले तथा कुशलको […]
November 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डसँग विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले टस हारेको छ । डालसमा रहेको ग्राण्ड प्रेरीमा स्कटल्याण्डका कप्तान रिची बेरिंग्टनले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका हुन् ।
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र […]
November 3, 2024
डालस(हाम्रो खेलकुद) – ओपनर अनिल कुमार साहले आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ७७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १०२ रन बनाएको छ । नेपालले अब जित्नलाई १ सय ८० रन बनाउनु […]