August 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २ घण्टा ४५ मिनेट ढिलो सुरू भएको छ । एन्फाको केन्द्रीय कार्यालय सातदोबाटोमा आज विहान ८ बजेदेखि बैठक सुरू हुने भनेर एन्फाले जनाएको थियो। तर समय भन्दा निकै ढिला १०:४५ मा मात्र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बैठक सुरू भएको छ । […]
August 27, 2024
पोखरा (हाम्रो खेलकुद) – कास्कीको लामाचौरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नव आदर्श सामूदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा तीज महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। लामाचौर कपमा महिला तथा पुरुषको अलग प्रतियोगिता हुनेछ। ११औं संस्करणको महिला भलिबल प्रतियोगितामा ३ विभागीय सहित […]
August 27, 2024
एजेन्सी – स्कटल्यान्ड र बंगलादेशबीच महिला टि ट्वान्टी विश्वकप २०२४ को पहिलो खेल हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसिसी) ले सोमवार जारी गरेको खेल तालिका अनुसार ३ अक्टोबरबाट युएईमा नवौं संस्करणको महिला टी ट्वान्टी विश्वकप सुरुवात हुदैछ । बंगलादेशमा सुरक्षाको कारण देखाउदै प्रतियोगिता युएई सारिएको थियो । प्रतियोगिता युएईमा आयोजना हुने भएसँगै नयाँ खेलतालिका […]
August 27, 2024
एजेन्सी – स्पेनिस ला लिगामा सोमवार प्रतिस्पर्धात्मक खेलमा भिल्लारियलले सेल्टा भिगोलाई पराजित गरेको छ। इन्ज्युरी समयको दसौं मिनेटमा ड्यानि परेजोले गोल गरेपछि भिल्लारियलले ४-३ को जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा भिल्लारियलको जितमा परेजोसहित सर्जि कार्डन, थिएनो बेरीले गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो । सेल्टा भिगोकाबोर्जा लिग्लिसिया, ओस्कारला मिङ्गेजा र कार्ल […]
August 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु २० च्याम्पियनसिपको फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा नै हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार सामाजिक संजालमार्फत नेपाल र बंगलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको छ। यसअघि गत शुक्रबार एन्फाले फाइनल खेल दशरथ रंगशालामा हुने जनाएको थियो । फाइनलमा नेपाल र बंगलादेश खेल्दै छन् […]
August 26, 2024
काठमाडौं(हाम्रो खेलकुद)- बंगलादेश साफ यु २० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। साविक विजेता भारतलाई सोमबार पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो।अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १-१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो । बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको पेनाल्टी […]
August 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्। साउदी अरबको रियादमा भएको एएफसी च्याम्पियन्स लिगको समूह एको खेलमा रेखा आबद्ध अबुधाबी कन्ट्री क्लबले लाओसको योङ एलिफेन्ट्सलाई २-१ ले हराएको थियो । अबुधाबीका लागि युगिना तितेथ र रेखाले गोल गरेका थिए। रेखाले दोस्रो हाफमा गोल गरेकी थिइन् । […]
August 26, 2024
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई हराएको छ । ला लिगाको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा रियलले भालाडोलिडमाथि आइतवार ३-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले गोल गरेका थिए । ५०औं मिनेटमा भाल्भर्डेको गोलबाट रियलले अग्रता लिएको थियो । […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विंगर नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग(इपिएल) मा सानदार जित दर्ता गरेको छ । जारी सिजनको दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा चेल्सीले वुल्भ्समाथि ६-२ को सानदार जित हात पारेको हो । चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको आफ्नो पहिलो खेलमा पराजित भएको छ। उज्वेकस्तानको नसाफ क्लबसँग एपिएफ १-० ले पराजित भएको हो। मलेसियाको लिक्सा स्टेडियममा भएको खेलको लिलीले ४९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। एपिएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग खेल्नेछ । एसियन […]