default_image

breaking big news

November 12, 2024

नेपाल यु १९ ले अभ्यास खेल खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल यु १९ राष्ट्रिय टोलीले एसिया कप अघि ५ वटा ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले अभ्यास खेलको तालिका मंगलवार सार्वजनिक गरेको हो । नेपाली युवा टोलीले भारतको कर्नाटका यु १९ सँग ५ वटा अभ्यास खेल खेल्नेछ । अभ्यास खेल बुधवारबाट अर्को साताको बिहीवार सम्म जारी […]

November 11, 2024

अभिनेता हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग ( एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि […]

November 11, 2024

ला लिगामा बार्सिलोनाको दोस्रो हार

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा आइवार स्तब्ध भएको छ। आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।  सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो । अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो। ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो। १३ खेलमा ३३ […]

November 11, 2024

आर्सनललाई चेल्सीले रोक्यो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । लन्डन डर्बीमा आइतवार आर्सनलले‌ अग्रता जोगाउन नसक्दा बराबरीमा‌ चित्त बुझाउनु परेको थियो । ग्याब्रिएल मार्टिनेलीले ६० औं मिनेटमा गरेको गोलमा आर्सनलले‌ दोस्रो अग्रता लिएको थियो । चेल्सीको मैदान स्टायनफोर्ड ब्रिजमा भएको खेलमा ७० औं मिनेटपछि पेड्रो नेटोले उत्कृष्ट गोल गर्दै खेल […]

November 10, 2024

भारत सामान्य योगफलमा समेटियो

एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारत सामान्य योगफलमा समेटिएको छ । भारतले आइतवार घरेलु टोलीलाई जितका लागि १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । सेन्ट जर्ज पार्क, ग्केबेरामा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । […]

November 10, 2024

नेपालको कसिलो बलिङमा थाइल्याण्ड पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालको कसिलो बलिङ जारी रहदा थाइल्याण्ड पराजित भएको छ । आइतवार युएईको अजमानमा नेपालले थाइल्याण्डलाई ३३ रनमै अल आउट गर्दै खेल फराकिलो अन्तरले जितेको हो । चौथो खेलमा तेस्रो जित निकाल्नेक्रममा नेपालले थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको हो । […]

November 10, 2024

थाइल्याण्डविरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्यनण्डविरुद्ध टस जितेको छ । युएईको अजमानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी छिन् । नेपालको प्लेईङ-११ पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कुशुम गोदार, तृषना विक, रचना चौधरी, रिया शर्मा, […]

November 10, 2024

एनपिएल गर्न बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका‌ लागि बाटो खुलेको छ। एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो। एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै  अख्तरले  कात्तिक २३ गरे रिट […]

November 10, 2024

महिला यु १९ विश्व कप छनोट – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपाल चौथो खेलमा थाइल्याण्डको सामना गर्दैछ । खेल युएईको अजमानमा नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित […]

November 10, 2024

सिटीको लगातार दोस्रो हार

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ । सिटी शनिवार ब्राइटनसँग २-१ ले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा ब्राइटनको जितमा जोअआ पेड्रो र म्याट ओरलीले गोल गरे । सिटीको लागि भने एर्लिङ हालाण्डले गोल गरे । खेलमा सुरुवाती अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.