November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् । यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको छ । […]
November 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक यू१९ […]
November 23, 2024
एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ । दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ। भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले […]
November 23, 2024
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शुक्रवार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले टलोजलाई ३-० ले पराजित गर्यो । पिएसजीका लागि जाओ नेभिस, लुकास बेराल्डो, भितिन्हाले गोल गरे । नेभिसले ३५ औं मिनेटमा गोल गरे।बेराल्डोले ८४ औं र भितिन्हाले ९० औं मिनेटमा गोल गरे। जितसँगै पिएसजी शीर्षस्थानमा […]
November 23, 2024
एजेन्सी—ह्यारी केन शनिबार जर्मन बुंडेसलिगामा सबैभन्दा छिटो ५० गोल पूरा गरेका छन् । घरेलु मैदानमा बार्यन म्युनिखले शुक्रवार असबर्गलाई ३-० ले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए । इङ्ग्ल्यान्ड फुटबल टोलीकल कप्तान समेत रहेका केनले २ गोल पेनाल्टीमा गरका थिए। ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल पनि […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीले नेपाली सेनाको अधिकृत क्याडेट उतिर्ण गरेकी छिन् । बिहीवार नतिजा प्रकाशित भएसँगै सानै देखि आर्मी बन्ने आफ्नो सपना पूरा हुनेभएपछि अमिषा दंग छिन्। ‘ एक बर्षदेखि मैले तयारी गरिरहेको थिए। क्लास पनि लिएको थिए । फुटबल र क्याडेटको तयारी सँगसँगै अघि बढाए, ‘ उनले […]
November 22, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपिएल) संस्करण अर्को वर्षको मार्च १४ देखि सुरु हुने भएको छ । आइपिएलले शुक्रवार आगामी ३ सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आइपिएल मार्च १४ देखि सुरु हुने बताएको छ । आइपिएल २०२५ को फाइनल मे २५ मा हुनेछ । आइपिएलका अनुसार सन् २०२६ को सिजन मार्च १५ देखि […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ । टियु क्रिकेट मैदानमा पाँचौ तथा निर्णायक खेल ७ विकेटले जित्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य ४० […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको ५ खेलको सिरिजमा आज अन्तिम खेल खेलिरहेको छ । टियु क्रिकेट मैदानमा चलिरहेको पाँचौ तथा निर्णायक खेल जित्न नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य प्राप्त गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट […]