November 25, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा आइतबार इपस्विचसँग बराबरीमा रोकिएको छ। दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले १-१ को बराबरी खेल्नु पर्यो। रुबेन एमोरिमले औपचारिक रुपमा प्रशिक्षकको जिम्मेवारी पाएको खेलमा नै युनाइटेडले अंक बाढेको छ। मर्कस रसफोर्डको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ओमारी हुट्सनले इपस्विचका लागि ४३ औं मिनेटमा बराबरी गोल […]
November 24, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा फरवार्ड मोहम्मद सलाहको दुई गोलमा शीर्षस्थानको लिभरपुलले रोमाञ्चक जित हासिल गरेको छ । लिभरपुलले आइतवार साउथह्याम्प्टनमाथि ३-२ गोलको रोमाञ्चक जित हासिल गरेको हो । साउथह्याम्प्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले २ तथा डोमिनिकले एक गोल गरे । घरेलु टोलीका लागि एडम आर्मस्ट्रङ र माटियुस फर्नान्डेसले गरेको […]
November 24, 2024
एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतवार प्रतियोगिताको दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग ६७ रनले पराजित भएको हो । बंगलादेशले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १ सय १२ रन मात्र बनायो । नेपालका लागि भरत थापाले ३१ तथा […]
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२४-२५ सोमबारदेखि सुरु हॅुदैछ । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ३३ जना व्यावसायिक र करिब १२ जना एमेच्योर सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र […]
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् । यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको छ । […]
November 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक यू१९ […]
November 23, 2024
एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ । दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ। भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले […]
November 23, 2024
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शुक्रवार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले टलोजलाई ३-० ले पराजित गर्यो । पिएसजीका लागि जाओ नेभिस, लुकास बेराल्डो, भितिन्हाले गोल गरे । नेभिसले ३५ औं मिनेटमा गोल गरे।बेराल्डोले ८४ औं र भितिन्हाले ९० औं मिनेटमा गोल गरे। जितसँगै पिएसजी शीर्षस्थानमा […]
November 23, 2024
एजेन्सी—ह्यारी केन शनिबार जर्मन बुंडेसलिगामा सबैभन्दा छिटो ५० गोल पूरा गरेका छन् । घरेलु मैदानमा बार्यन म्युनिखले शुक्रवार असबर्गलाई ३-० ले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए । इङ्ग्ल्यान्ड फुटबल टोलीकल कप्तान समेत रहेका केनले २ गोल पेनाल्टीमा गरका थिए। ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल पनि […]