default_image

breaking big news

November 27, 2024

अभ्यास खेलमा जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को तयारीमा रहेको जनकपुर बोल्ट्सले अभ्यास खेलमा लुम्बिनी लायन्सलाई हराएको छ । बुधबार भएको अभ्यास खेलमा जनकपुरले लुम्बिनीमाथि ९६ रनको फराकिलो जित हात पार्यो । जनकपुरले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.३ ओभरमा ६४ रन बनाउँदै अल आउट भयो । लुम्बिनीका लागि […]

November 27, 2024

बार्यन र आर्सनलको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्। बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो । ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित […]

November 26, 2024

जनकपुर बोल्ट्सको मुख्य प्रायोजक डिएनए

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स र डिएनएबीच मंगलवार सम्झौता भएको छ। बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी […]

November 26, 2024

एक्सन स्पोर्ट्सको युट्युबमा एनपिएल हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया […]

November 26, 2024

नेत्रहिन विश्व कप – नेपालद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । मंगलवार प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपाली टोलीले दक्षिण अफ्रिकामाथि ११ रनको जित हात पारेको हो । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ […]

November 26, 2024

एनपिएलका उत्कृष्ट नेपाली खेलाडीले गाडी पुरस्कार पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक […]

November 26, 2024

राखेप बोर्ड बैठक – दसौं राष्ट्रिय खेलकुदलगायतका विषयमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]

November 26, 2024

अक्सनमा रकम बचाउने टोलीमा आरसिबी अगाडि

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि भएको मेगा अक्सनमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा धेरै रकम बचाउँने टोली बनेको छ। अर्को वर्ष २०२५ मा हुने १८औं संस्करणको आइपिएलका लागि आइतवार र सोमवार साउदी अरबमा भएको मेगा अक्सनमा आरसिबीले खर्च गर्न तोकिएको सिमा भन्दा ७५ लाख भारतीय रुपैयाँ कम खर्चेको छ । अधिकतम २५ खेलाडी […]

November 26, 2024

‘होम ग्राउन्ड’ डोमालाल राजवंशी रंगशाला स्तरोन्नति गर्दै झापा ११

हिमाल खरेल,बिर्तामोड मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यसै महिनाको अन्त्यमा सुरु अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता मंसिर […]

November 26, 2024

रोनाल्डोको २ गोलसँगै अल नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको एएफसी च्याम्पियन्स लिग इलाइटको खेलमा साउदी क्लब अल नासरले कतारी क्लब अल घराफालाई ३-१ ले पराजित गरेको छ। अल घराफाको मैदानमा सोमवार भएको खेलमा अल नासरको‌ लागि अर्को एन्जेलो गाब्रियलले गरे । घराफाका जोसेलुले गरेको गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अघि बढाए। […]

Success

Thank you for your time.