default_image

breaking big news

December 2, 2024

३ पाकिस्तानीसहित हेल्प नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु भलिबलमा राम्रो प्रभाव छाडिसकेका ३ पाकिस्तानी खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि आफ्नो टोली घोषणा गरेको छ । हेल्प नेपालले सोमबार पाकिस्तानी खेलाडी सार्वजनिक गर्दै अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो। पाकिस्तानी खेलाडीमा स्पाइकर मजर […]

December 2, 2024

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान […]

December 2, 2024

जनकपुरसामू कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससामू कर्णाली याक्सले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सोमवारको दोस्रो खेलमा कर्णालीले जनकपुरलाई जितका लागि १ सय ४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका […]

December 2, 2024

कर्णालीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो।

December 2, 2024

तन्भिरको ५ विकेटमा चितवनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका पाकिस्तानी बलर सोहेल तन्भिरले ५ विकेट लिएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । एनपिएलको आफ्नो पहिलो खेलमा सोमवार चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो […]

December 2, 2024

तन्भिरको पाँच विकेटमा चितवनलाई सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोहेल तन्भिरको पाँच विकेटको सहयोगमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ । सोमवार लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो […]

December 2, 2024

चितवनले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध चितवन राइरोजले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन् । सोमवारको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस हारेर ब्याटिङ गर्दैछन् । शनिवारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो […]

December 2, 2024

बार्सिलोनासँग अंक दूरी घटाउँदै रियल

एजेन्सी- स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको‌ अंक दूरीलाई घटाएको छ। रियलले आइतवार गेटाफेलाई २-० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो । जुड बेलिङघम रकेलियन एमबाप्पेको गोलमा रियल विजयी भएको हो । घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता बनायो। खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा […]

December 2, 2024

नेपाल प्रिमियर लिगमा आज दुई खेल

काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सोमवार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुवातको लक्ष्यमा रहेका छन् । चितवन युवा खेलाडी कुशल मल्ल र काठमाडौं […]

December 1, 2024

चेल्सीको‌ जित

एजेन्सी – चेल्सी इङ्लिस प्रिमियर लिग आइतवार विजयी भएको छ। स्ट्यामफोर्ड ब्रिजमा चेल्सीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो। सातौं मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै अग्रता दिलाए। ३६औं मिनेटमा कोल पाल्मरको पासमा एन्जो फर्नान्डेजले गोल गरे। नोनी मडुकेको पासमा ८३औं मिनेटमा पाल्मरले गर्दै चेल्सीको जित पक्का गरे। १३ खेलमा २५ अंकसहित चेल्सीले तेस्रो स्थानमा […]

Success

Thank you for your time.