December 21, 2024
हिमाल खरेल,बिर्तामोडन्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले शनिवार इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको कार प्राप्त गरेका हुन्।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण उपाधिका लागि शनिवार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल दिउँसो १२ः३० बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो । लिग र पहिलो क्वालिफायर दुवैमा जनकपुरमाथि […]
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणले शनिवार विजेता पाउनेछ। उपाधिका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकअर्काको सामना गर्नेछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ बजे फाइनल सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो । लिग र पहिलो क्वालिफायर दुवैमा […]
December 20, 2024
हिमाल खरेल,बिर्तामोड सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी […]
December 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको महिला यू१६ टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यू१६ टोलीलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल ५-१ ले पराजित भएको हो । भुटानले खेलको पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा भुटानी टोलीले २ गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो । सोनाम छोगेलले […]