default_image

breaking big news

January 19, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]

January 19, 2025

झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्ड कपको फाइनलमा

हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]

January 19, 2025

हिमालयन रेडर्सको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा पोखरा लेकर्सलाई ३४-३० ले हराउँदै हिमालयन रेडर्सले पहिलो जित निकालेको छ। पोखराको भने यो लगातार दोस्रो हार हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार दिनको दोस्रो खेलको पहिलो हाफ फितलो रह्यो। दुवै टोलीले बोनस र टचबाट स्कोर गर्ने प्रयास गरे। पहिलो हाफमा हिमालयनले १३-११ को […]

January 19, 2025

खो-खो विश्वकपमा महिला टोली उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]

January 19, 2025

आर्मी क्वालिफायर १ मा, चन्द्रा एक्लैको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]

January 19, 2025

लिभरपुलको‌ जित, आर्सनल रोकियो

एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को‌ बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]

January 18, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]

January 18, 2025

विराटनगर ब्यान्डिट्सको विजयी सुरुवात

काठमाडौ (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ को स्कोरमा हराउँदै सहज जित निकालेको हो। खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरुवात देखि नै अग्रता बनायो। पहिलो हाफमा धनगढीलाई दुई पटक अल आउट गर्यो। ११-५ […]

January 18, 2025

नेपाली महिला टोली खो खो विश्व कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली महिला टोली अन्तिम दुईमा‌ पुगेको हो । इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका […]

January 18, 2025

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा

एजेन्सी – युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी शुभमन गिललाई दिइएको छ । भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । भारत च्याम्पियन्स […]

Success

Thank you for your time.