default_image

breaking big news

January 25, 2025

एपिएफ महिला लिगको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै एपिएफ एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा रश्मि कुमारी घिसिङको २ गोलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराउँदै एपिएफ फाइनल पुग्ने पहिलो बनेको छ। सुरुवात लिएको अग्रता जोगाउन नसक्दा आर्मीले फाइनल प्रवेशका अर्को चुनौतीको सामना गर्ने पर्ने भएको छ। आठौं […]

January 25, 2025

बगर भाइ खलकको भेट्रान्स फुटबलमा ३९ टोली

पोखरा (हाम्रो खेलकुद) –   बगर भाइखलकको आयोजनमा अर्को साता आयोजना हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै  पोखराको टुडिखेल फुटबल मैदानमा माघ १५ देखि २१ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।  बगर भाइखलकका महासचिव […]

January 25, 2025

सन्तोषी र राजन प्रोटिन हाफ म्याराथनको विजेता

काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]

January 25, 2025

टाइगर कप भलिबल – एपिएफको पुनरागमन जित

काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा आज सुरु पाँचौं टाइगर कप भलिबलमा विभागीय टोली एपिएफ क्लबले पुनरागमन जित हासिल गरेको छ । महिला तर्फको पहिलो खेलमा शनिवार एपिएफले थाइल्याण्डको ट्राभल इनक्वारी क्लबलाई ३-२ ले पराजित गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले त्यसपछिका तीन सेटमा लगातार जित हात पारेको हो । पहिलो सेट २१-२५ तथा […]

January 24, 2025

जनकपुर नाइट्स पहिलो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफायरमा पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवार भएको दोस्रो तथा अन्तिम खेलमा काठमाडौं माभरिक्ससँग ३९-३९ को बराबरीमा खेल्दै जनकपुरले पहिलो क्वालिफायरमा पुगेको छ। जनकपुर क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ।बराबरीसँगै दुवै टोलीले समान ३ अंक जोडे। जारी एनकेएलमा जनकपुरले ५ […]

January 24, 2025

विराटनगर केबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर ब्यान्डिट्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को प्ले अफमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवार भएको दिनको पहिलो खेलमा हिमालयन रेइडर्सलाई ३४–३० ले पराजित गर्दै विराटनगरले अघिल्लो चरणको यात्रा पक्का गरेको हो। योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। काठमान्डु माभरिक्स र जनकपुर नाइट्स एक […]

January 24, 2025

पुलिस कठिन जितसँगै क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको‌ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई‌ १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको‌ यात्रा टुंगिएको छ। सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई‌ जित दिलाएकी हुन् ।पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल […]

January 24, 2025

टाइगर कपको ट्रफी अनावरण

पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । […]

January 24, 2025

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]

January 24, 2025

नेपालविरुद्ध सस्तैमा समेटियो मलेसिया

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]

Success

Thank you for your time.