default_image

breaking big news

January 25, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको मध्यम योगफल

एजेन्सी – भारतविरुद्धको दोस्रो टि ट्वान्टी आईमा ब्याटिङ नचल्दा इङ्ग्ल्याण्ड मध्यम योगफलमा समेटिएको छ । भारतमा जारी खेलमा इङ्ग्ल्याण्डले घरेलु टोलीलाई १ सय ६६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ४५ […]

January 25, 2025

युरोपमा गोलकिपर एन्जिलाको ‘डेब्यू’

काठमाडौं ( हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको युरोपबाट व्यवसायिक फुटबल खेल्ने सपना पूरा भएको छ। एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट डेब्यू गरेकी छन् । उनले ग्रिस महिला ‘ए’ लिगमा जारी ओएफआइविरुद्ध खेलमा डेब्यू गरेकी हुन् । खेल निस अट्रोमिटौले ४-० ले गुमाएको छ। केहि साता अघि ग्रिस […]

January 25, 2025

पुलिसलाई हराउँदै बागमती लोकतान्त्रिक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बागमती लोकतान्त्रिक फुटबल टोली विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शनिवार भएको तेस्रो क्वाटरफाइनलमा बागमतीले पुलिसलाई २-१ ले पराजित गरेको हो । पुलिसले सुजन मगरको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा २ गोल खान पुगेको हो । ५७ औं मिनेटमा अमित […]

January 25, 2025

धनगढी एनकेएलको प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद)- धनगढी वाइल्डक्याट्स केबी साम नेपाल कबड्डी लिग (एनकेए)को प्लेअफमा प्रवेश गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिवार धनगढीले हिमालयन रेइडर्सलाई ४१–३८ ले पराजित गरेको हो। जितसँगै चौथो स्थानको धनगढीले ५ खेलबाट ११ अंक पुर्‍याएको छ। समान खेलबाट ६ अंक जोडेको हिमालयन भने प्रतियोगिताबाट बाहिरिएको छ। योसँगै प्रतियोगिताको प्ले अफ समीकरण पनि […]

January 25, 2025

राइजिङ भरतपुर गोल्ड कप- उद्घाटन खेलमा आँबुखैरेनीको जित

सुशील पन्त क्षेत्री, चितवन चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैरेनी गाउँपालिका विजयी भएको छ । आँबुखैरेनीले पेन्गुईन् भरतपुर २४ लाई ३-२ ले हराएको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा आँबुखैरेनीलाई जिताउन योमी फाकुमे, शन्त बहादुर गुरुङ र आकाश थापाले गोल गरे । भरतपुर २४ का […]

January 25, 2025

टाइगर कप – आर्मी र आयोजकको खेल रोकियो

काठमाडौं(हाम्रो खेलकुद) – टाइगर कप भलिबल प्रतियोगिताको पहिलो दिनको तेस्रो खेल खराब प्रकाशका कारण बीचमा नै रोकिएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपबिचको शनिवारको तेस्रो तथा अन्तिम खेल खराब प्रकाशका कारण रोकीएको हो । रोकिएको खेल आइतबार पुन: पहिलो सेटबाट नै सुरु हुने भएको छ । खेल रोकिदा आर्मी २-१ […]

January 25, 2025

कुशलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराको फ्रेन्ड्स क्लबबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा फेन्ड्सले डिसिए धनगढी विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । फेन्ड्सले माघ २१ गते वोष्टन क्रिकेट झापासँग र माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग […]

January 25, 2025

पिएम कप महिला – इन्दु सर्वोत्कृष्ट

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लबकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । कैलालीको‌ धनगढीमा शनिवार सम्पन्न फाइनल खेलमा एपिएफ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । टोलीलाई च्याम्पियन बनाउँन बल र ब्याटबाट महत्वपूर्ण योगदान गरेकी इन्दु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी हुन् । इन्दुले प्रतियोगितामा ब्याटिङतर्फ […]

January 25, 2025

टाइगर कप – न्यु डायमन्डको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा पाँचौं टाइगर कप भलिबल प्रगियोगिताको महिलातर्फ टिप‌ टप न्यु डायमन्ड स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । महिला दोस्रो खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो । डायमन्डले दोस्रो, चौथो र पाँचौ सेटमा जित हात पार्दै खेल जितेको हो । पुलिसले पहिलो र तेस्रो […]

January 25, 2025

महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । कैलाली धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको एपिएफले अपराजित रहँदै उपाधि जितेको हो । ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । टोली ओपनर ममता चौधरीले नट […]

Success

Thank you for your time.