default_image

breaking big news

January 31, 2025

सरकारी हस्तक्षेप भएको एनओसीको आरोप

काठमाडौं (हाम्रो खेलकुद )- सातदोबाटोस्थित आफ्नो कार्यकाल भवनमा प्रहरी तैनाथ गरेर सरकारी हस्तक्षेप गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी )ले आरोप लगाएको छ। एनओसीले शुक्रवार विज्ञप्ति जारी गर्दै सरकारी हस्तक्षेपका‌ कारण आजका लागि तय भएको राष्ट्रिय खेलकुद संघहरुसँग छलफल हुन नसकेको जनाएको छ। ‘ पाकिस्तानमा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) बारे वैठकमा छलफल हुने […]

January 31, 2025

थाइल्याण्डसँग नेदरल्याण्ड्सको हार

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा शुक्रवार नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको छ । १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डको जितमा नान्नापत खोन्चरोएन्कले नट आउट रहँदै सर्वाधिक ५६ रन जोडिन् । उनले ५० बलमा ५ चौका प्रहार गरिन् । अफिसारा सुवान्चोनरथी २४ […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबलको पुरुष तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिसले आर्मीलाई ३-२ को सेटमा पराजित गर्यो । पहिलो सेट २५-१४ ले जितेको पुलिसले दोस्रो सेट २२-२५ ले […]

January 31, 2025

नेदरल्याण्ड्सको थाइल्याण्डलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्याण्ड्सले थाइल्याण्डलाई त्रिकोणात्मक सिरिजको दोस्रो खेल जित्न मध्यम लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको हो । कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो […]

January 31, 2025

अपराजित रहँदै एपिएफ टाइगर कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लब अपराजित रहँदै टाइगर कप भलिबलको महिला तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा आयोजक टाइगर ग्रुपको टिमलाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफले आयोजक टोलीलाई ३-१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो […]

January 31, 2025

एनओसी कार्यालय प्रवेशमा रोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएको छ। प्रहरीले प्रवेशमा रोक लगाएको एनओसीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले‌ बताए । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि प्रहरी बृत सातदोबाटो खटिएको प्रहरीबाट जानकारी प्राप्त भएको पनि श्रेष्ठले बताए । एनओसीले आज २ बजेका लागि राष्ट्रिय खेलकुद संघको […]

January 31, 2025

युनाइटेड र टोटेहमको जित

एजेन्सी – युरोपा लिगको अन्तिम १६ मा यस अघि नै पुगिसकेको म्यानचेस्टर युनाइटेडले बिहीवार रोमानियका एफसिसिबीलाई २-० ले पराजित गरेको छ । डिएगो डालोट ६० औं‌ र कोबी मइनुले ६८ औं‌ मिनेट गोल गरेपछि बुडापेस्टमा भएको थियो।‌ प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष ८मा रहेर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ। डानी स्कारलेट, […]

January 30, 2025

संकटालाई सभापति कप, सडन डेथमा गोलकिपर दीप नायक

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप‌ कार्कीले सडन डेथमा सहित २ वटा पेनाल्टीमा रोकेपछि ए डिभिजन टोली संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आयोजक बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) लाई बिहीवार सडन डेथमा हराउँदै संकटाले उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि सडन डेथमा संकटाले […]

January 30, 2025

बागमती भरतपुर गोल्डकपको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन बागमती युथ क्लब सर्लाही मिन्नानो राइजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सरस्वति क्लब काठमाडौंलाई बिहीवार ४-० ले हराउँदै बागमतीले फाइनलमा स्थान सुरक्षित गरेको हो । बागमतीलाई जिताउन राज भुसालले २, सनम धिताल र सुजन गुरुङले समान १ गोल गरे। २ गोल गरेका राज प्लेयर अफ दि म्याच भए । […]

Success

Thank you for your time.