October 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका लेजेन्ड क्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्सको मेन्टरमा नियुक्त भएका छन् । पोखराले शुक्रवार एक विज्ञप्ती जारी गर्दै जोन्टिलाई ३ वर्षको सम्झौतासहित टोलीमा आबद्ध गराएको बताएको छ । यससँगै उनी नेपाल प्रिमियर लिग(एनपिएल) मा जोडिने सबैभन्दा ठूलो विदेशी नाम हुन् । ‘पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई एनपिएलमा पोखरामा परामर्शदाता र […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)–नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाई अघिल्लो खेलका ४ खेलाडी परिवर्तन गरेको छ। राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगै सावित्रा भण्डारी साम्बा, अमिषा कार्की, अमृता जैसीले सुरुआती ११ मा मौका पाएका छन् । माल्दिभ्स विरुद्ध अघिल्लो खेलमा पहिलो रोजाईमा रहेका गोलकिपर अन्जना राना मगर, रश्मीकुमारी घिसिङ, विमला […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३-० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले पहिलो हाफमै माल्दिभ्सविरुद्ध ६ गोल गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि छ । भुटानका लागि डेकी ल्हाजोम र पेमा छोदेनले २-२ तथा नाम्ग्याल डेमा र सोनाम छोदेनले १-१ गोल गरेका छन् । खेलको तेस्रो मिनेटमै भुटानले […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह बी को अन्तिम खेल हुँदैछ । समूह ए बाट बंगलादेश समूह विजेता बन्दा भारत उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज समूह बी को दुई खेलपछि सेमिफाइनल समिकरण प्रष्ट हुनेछ । नेपाल, भुटान र श्रीलंका तीनै टोलीको अन्तिम चारमा पुग्ने सम्भावना छ । […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका क्रिकेटर जिमी निशमले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले पहिलो विदेशी खेलाडीको रुपमा विष्फोटक अलराउन्डर निशमलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । ३४ वर्षिय निशमले हालसम्म न्युजिल्याण्डका लागि ७९ टि ट्वान्टी आई खेलेका छन् । ७९ टि ट्वान्टी आई खेलमा निशमले […]
October 24, 2024
एजेन्सी – जिम्बाब्वे क्रिकेट टोलीका कप्तान सिकन्दर राजाले भारतीय पुर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन् । टि ट्वान्टी आईमा सर्वाधिक प्लेयर अफ द म्याच जित्ने कोहीलको कीर्तिमान राजाले तोडेका हुन् । यही वर्षको २९ जुनमा टि ट्वान्टी विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराए पश्चात टि ट्वान्टी आईबाट सन्यास लिएका कोहलीले उक्त खेलमा सहित १६ प्लेयर […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि […]