default_image

breaking big news

December 7, 2024

माल्दिभ्सको क्लब एचडिसीसँग गण्डकीको‌ हार

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सको क्लब एचडिसीले सानदार कमब्याक गर्दे काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो दुई सेट गुमाएको एचडिसीले शनिवार दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले पराजित गर्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा गण्डकीले सानदार सुरुवात गर्यो। पहिलो सेटमा क्लब एचडिसीलाई निरह बनायो। ११-४ को […]

December 7, 2024

खडकले जिते धारा नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]

December 7, 2024

टिप टप हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले रोमाञ्चक जितका साथ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको शनिवार भएको उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा माथ दियो। हेल्प नेपालले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्यो। तर […]

December 7, 2024

विराटनगरमाथि कर्णालीको रोमान्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्समाथि रोमान्चक जित हासिल गरेको छ । शनिवारको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पार्यो । कर्णालीले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । विराटनगर […]

December 7, 2024

२ अर्धशतकको सहयोगमा कर्णालीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा २ अर्धशतकको सहयोगमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले मध्यम योगफल तयार गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिवारको दोस्रो खेलमा विराटनगरले कर्णालीबाट १ सय ३४ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय […]

December 7, 2024

धवन पहिलो पटक नेपाली खेलाडीबाट आउट

काठमाडौं(हाम्रो खेलकुद) – भारतका पुर्व ओपनर शिखर धवन पहिलो पटक नेपाली बलरबाट आउट भएका छन् । नेपाल प्रिमियर लिग(एनपिएल) को जारी खेलमा विराटनगर किंग्सका प्रतिस जिशीले कर्णाली याक्सबाट खेलिरहेका धवनलाई आउट गराएका हुन् । दोस्रो ओभरको तेस्रो बलमा प्रतिशले धवनलाई ५ रनमा आउट गराएका हुन् ।

December 7, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेका हुन् । विराटनगरले पछिल्लो खेलमा खेलेको टिममा ३ परिवर्तन गरेको छ । अनिल खरेल, राजेश पुलामी मगर तथा इस्मात आलम बेन्चमा रहँदा […]

December 7, 2024

लुम्बिनीको खराब लय जारी

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा निरन्तर तेस्रो हार बेहारेको छ । लुम्बिनीले हारको श्रृंखलालाई तेस्रो खेलमा रोक्न सकेन । लुम्बिनी शनिवार सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । लगातार तेस्रो खेल हार्ने पहिलो लुम्बिनी एक्लो टोली हो। सुदूरपश्चिम लगातार तेस्रो जितका साथ अंक […]

December 7, 2024

सेफको अर्धशतकमा सुदूरपश्चिमद्वारा बलियो योगफल तयार

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले बलियो योगफल तयार गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १ सय ८८ रनको बलियो लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर […]

December 7, 2024

लुम्बिनीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । लुम्बिनीले सुरुवाती दुवै खेलमा हार बेहोरेर दबाबमा छ। पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो । […]

Success

Thank you for your time.