October 28, 2024
डालस (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल शतकबाट चुक्दा नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ […]
October 27, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना […]
October 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाका कप्तान मोनांक पटेलले बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाका अलावा स्कटल्याण्डको पनि सहभागिता रहेको छ । नेपाललेसन् २०२७ सम्म चल्ने विश्व […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरीमा छन् । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको पहिलो रोजाईमा १ खेलाडी परिवर्तन गरेको छ। श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाईमा रहेकी सुरु लिम्बुको सट्टा आज पुजा रानाले सुरु गर्ने भएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । पुजा, एन्जिलासहित पहिलो रोजाईमा विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, […]
October 27, 2024
डालस, अमेरिका (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ २०२४/२६ अन्तर्गत आइतबारदेखि नेपालको तेस्रो सिरिज अमेरिकामा सुरु हुँदैछ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुने त्रिकोणात्मक सिरिजमा नेपाल विगतका ८ खेलको प्रदर्शन भुलेर दमदार प्रदर्शन गर्न चाहन्छ । नेपालले गत फेब्रुअरीमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेलेको थियो । चार मध्य तीन खेलमा पराजित भएको […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५ गोल गरेको छ । बंगलादेश पहिलो हाफमा ५-१ को अग्रता लिन सफल भयो । बंगलादेशका लागि कप्तान सविना खातुन र तोहुरा खातुनले २-२ तथा ऋतु पोर्ना चक्माले १ गोल गरे । भुटानले डेकी ल्हाजोमले १ गोल फर्काइन् । खेलको […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्। जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए। सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक […]
October 27, 2024
एजेन्सी – ला लिगा एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा थप मजबुत बनेको छ। पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले वान भर्सेस वानमा गोलको खाता खोलेका थिए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को […]