default_image

breaking big news

December 21, 2024

मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख […]

December 21, 2024

उपाधिका लागि जनकपुरलाई सुदूरपश्चिमको बलियो लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक […]

December 21, 2024

सुदूरपश्चिमले फाइनलमा टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं […]

December 21, 2024

एनपिएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण उपाधिका लागि शनिवार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल दिउँसो १२ः३० बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो ‌। लिग र पहिलो क्वालिफायर दुवैमा जनकपुरमाथि […]

December 20, 2024

एनपिएल फाइनल – फेरि एक पटक सुदूरपश्चिम जनकपुरको परीक्षा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणले शनिवार विजेता पाउनेछ। उपाधिका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकअर्काको सामना गर्नेछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ बजे फाइनल सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो ‌। लिग र पहिलो क्वालिफायर दुवैमा […]

December 20, 2024

चर्च ब्वाइज झापा कपको फाइनलमा

हिमाल खरेल,बिर्तामोड सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी […]

December 20, 2024

नेपाल यू१६ माथि भुटानको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – भुटानको महिला यू१६ टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यू१६ टोलीलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल ५-१ ले पराजित भएको हो । भुटानले खेलको पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा भुटानी टोलीले २ गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो । सोनाम छोगेलले […]

December 20, 2024

नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । खेलमा जित हासिल गर्ने टोली फाइनल प्रवेश गर्ने समीकरण रहेको थियो । भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा […]

December 20, 2024

नेपालद्वारा बंगलादेशलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोड्यो । नेपालका लागि ओपनर […]

December 20, 2024

यू१९ एसिया कप: बंगलादेशले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा वर्षा रोकिएपछि ११ ओभरको खेल हुने भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झन्डै २ […]

Success

Thank you for your time.